बर्डप्mलु भित्रिन नदिन व्यवसायीहरु सचेत
[divider]
–होमनाथ सापकोटा
रत्ननगर । झण्डै एक वर्षअघि चितवनलगायत देशका विभिन्न ठाउँमा बर्डप्mलुका कारण आक्रान्त बनेका पोल्ट्री व्यवसायीहरु बर्डप्mलु आउन नदिन सतर्क हुन थालेका छन् ।
बर्डप्mलु भित्रिन नदिन अण्डा उत्पादन गर्ने किसानदेखि बिक्री गर्ने ठूला–ठूला व्यापारीहरुले समेत ध्यान दिन थालेका छन् । रत्ननगरमा शनिबार आयोजना गरिएको नेपाल अण्डा उत्पादक संघको ११ औं साधारण सभामा संघका अध्यक्ष शिवराम केसीले बर्डप्mलु भित्रिन नदिन अण्डाको उत्पादनदेखि ओसार–पोसारसम्म ध्यान नदिएको बताउनुभयो । उहाँले सतर्कताको लागि पुरानो कार्टुन र क्रेट प्रयोगमा बन्देज गरिएको जानकारी दिनुभयो । हामीले नयाँ क्रेटमा मात्र वार्षिक १४ करोड खर्च गरेका छौँ उहाँले भन्नुभयो ।
अण्डा उत्पादनको दृष्ट्रिकोणले यो सानो रकम होइन । आफूहरुले स्वच्छ उत्पादनमात्र बजारमा पठाउने गरेको भन्दै अध्यक्ष केसीले बर्डफ्लुको हल्ला चलेकोे बेला सरकारले हचुवाको भरमा अण्डा ओसार–पोसारमा बन्देज लगाउने गरेको बताउनुभयो । उहाँले साधारण सभाको बन्दसत्रले संघको सिफारिस विना अण्डाजन्य पदार्थ ओसार–पोसार गर्न अन्य निकायलाई नदिन माग गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा. नरबहादुर रजवारले पोल्ट्री व्यवसायको महत्वपूर्ण हिस्सा अण्डा भएकाले अण्डा व्यवसायीको विकासको लागि सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो । ‘अण्डा छैन भने चल्ला छैन, चल्ला छैन भने मासु छैन’ उहाँले भन्नुभयो, ‘त्यसैले अण्डा उत्पादक किसान र व्यवसायीको विकास जरूरी छ । उहाँले अण्डा व्यवसायीले क्रेट खरिदमा गरेको १४ करोडले १४ अर्ब नोक्सान हुनबाट जोगाएको बताउनुभयो ।
कार्यक्रममा नेपाल कुखुरा बजार व्यवस्थापन संघका अध्यक्ष शंकर कँडेलले पोल्ट्री व्यवसायको महत्वपूर्ण अंश मासु र कुखुराको मूल्यमा समयसमयमा आउने उतारचढावका कारण समस्या आउने गरेको बताउनुभयो । उहाँले अण्डा र मासुको मूल्यमा उचारचढाव आउने गरेकै कारण व्यवसायिक घाटा बेहोर्नु परेको बताउनुभयो ।
सरकारले किसानको लागत मूल्यको अनुमान नगरी मासु र अण्डाको मूल्य निर्धारण गरेको भन्दै उहाँले समग्र पोल्ट्री व्यवसायको विकासको लागि अण्डा र मासुको मूल्य निर्धारणलाई वैज्ञानिक बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल अण्डा उत्पादक संघका महासचिव त्रिर्लोचन कँडेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नेपालमा आर्थिक वर्ष २०६९÷७० मा १ अर्ब ७६ करोड ४६ लाख वटा अण्डा उत्पादन भएको र दैनिक २० लाख अण्डा उत्पादन हुने गरेको जानकारी दिनुभयो ।
उहाँले वर्डप्mलुका कारण ३० प्रतिशत अण्डा उत्पादनमा गिरावट आएको बताउनुभयो । गत वर्षसम्म विभिन्न स्थानमा देखा परेको बर्डप्mलुको कारण कयौं लेयर्स फर्महरु पुनः सञ्चालनमा आउन नसकेका कारण ३० प्रतिशत अण्डा उत्पादनमा समस्या आएको महासचिव कँडेलले बताउनुभयो । साधारण सभाले संघलाई मजबुत र अझै व्यवसायीको हितमा सक्रिय बनाउने, व्यवसायको विकासको लागि बजार प्रवद्र्धन, ढुवानी राहत कोष, जैविक सुरक्षा, तथा सरकारी निकायसँगको सहकार्यलाई प्रभावकारी बनाएर लैजाने निर्णय गरेको छ ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, पशुसेवा विभागका उपमहानिर्देशक डा.रामकृष्ण खतिवडा, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण जोशी,दाना उद्योग संघका केन्द्रीय अध्यक्ष डा. तिलचन्द्र भट्टराई, कुखुरा व्यवसायी मञ्चका अध्यक्ष चन्द्रमान श्रेष्ठ, नेपाल अण्डा उत्पादक संघका पूर्वअध्यक्ष टंक ढकाललगायतले बोल्नु भएको थियो । कार्यक्रम नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post