रत्ननगर । इलाका प्रहरी कार्यालय रत्ननगरले शनिबार २५० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । कार्यालयले रत्ननगरका विभिन्न स्थानबाट बरामद गरेको सो परिणामको अवैध घरेलु मदिरा पत्रकारको रोहवरमा नष्ट गरेको हो ।
रत्ननगरको पञ्चकन्या, घेघौली, बाघमारालगायतका स्थानबाट अवैधरुपमा बेचबिखन गरिरहेको अवस्थामा बरामद गरिएको घरेलु मदिरा नष्ट गरेको कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिनुभयो । घरेलु मदिरासँगै प्रहरीले मदिरा बनाउन प्रयोग गर्ने एउटा तामाको भाँडो पनि बरामद गरेको प्रवक्ता पन्तले बताउनुभयो ।
Discussion about this post