सन् २००४ फेब्रुअरी ४ तारिखका दिन विश्वमा पहिलोचोटि प्रयोग गरिएको फेसबुकले अहिले १ दशकको यात्रा पार गरेको छ । मार्क जुकरबर्गको विशेष प्रयासमा यो लञ्च भएपछि यसले सामाजिक तथा आर्थिक क्षेत्रमा नै ठूलो क्रान्ति ल्यायो । विश्वभर नै इन्टरनेटको बढ्दो प्रभावस“गै अग्रपङ्क्तिमा अगाडि आउन सफल देखिएको फेसबुकले अहिले सबै प्रतिस्पर्धी साइटहरूलाई उछिनेको तथ्य बारम्बार सार्वजनिक हुने गरेका प्रतिवेदनहरूमा उल्लेख गरिएको पाइन्छ । फेसबुकको इतिहास र विकासक्रम आफै“मा ज्यादै अविश्वसनीयसमेत छ । १ घन्टाको अवधिभित्र विश्वभरका करिब दस लाखभन्दा बढी मान्छेले फेसबुकलाई उपयोग गरेको देखिएको छ, जसले यसको सशक्त प्रभावकारितालाई नै प्रमाणित पनि गर्छ । सुरुका वर्षमा केवल साथीहरू मात्र निर्माण गर्न विकसित गरिएको यस साइटमा अहिले यति धेरै सुविधाहरू थपिएका छन् कि ती सबैको राम्रोस“ग उपयोग गर्न जानिएको खण्डमा अरू साइटहरूको सहारा त्यति लिनु नपर्ने अवस्था देखिएको छ ।
फेसबुकप्रतिको आकर्षण हाल दिनानुदिन चरम अवस्थामा बढिरहेको पाइन्छ । खासगरी, लेखक तथा पत्रकारहरूका लागि नै भनेर केही वर्षअघि विकसित गरिएको यस साइटलाई अहिले हरेक क्षेत्रकाहरूले प्रशस्त मात्रामा उपयोग गर्ने पनि गर्दछन् । फेसबुक सबैका लागि अत्यावश्यक हुनुमा एकअर्काका सामग्रीहरूलाई क्षणभरमै संसारभर सजिलैस“ग विस्तार गर्न यसले निभाएको ठूलो भूमिकाकै कारणले हो भन्दा अन्यथा हु“दैन । हाल आ–आफ्नो क्षेत्रको विस्तारलाई संसारभर प्रवद्र्धन गर्नका लागि फेसबुकको अत्यधिक प्रयोग भैरहेको पाइन्छ । त्यस्तै लेख–रचनाहरू राख्नेदेखि लिएर भिडियो–तस्बिरहरू यसबाट पठाउन मिल्ने, मनमा लागेका कुराहरू तुरुन्तै लेख्न मिल्ने, एकअर्काका संवादलाई तुरुन्तै शेयर गर्न मिल्ने र कुनै सामग्रीप्रति तत्कालै टिप्पणी गर्नसमेत सकिने अवसर उपलब्ध गराएको हुनाले फेसबुक अरू साइटभन्दा ज्यादै प्रभावकारी बन्दै गएको कुरामा शङ्का गर्नुपर्दैन । त्यस्तै, संघसंस्थागत सहयोगका लागि पनि आजभोलि व्यापक रूपमा यसको उपयोग भैरहेको देखिन्छ ।
विश्वभर नै धेरै भाषाहरू मार्फत सञ्चालन हुने सामाजिक सञ्जाल फेसबुकलाई ठूलो परिवर्तनको कारकका रूपमा समेत लिइएको पाइन्छ । तर, यसलाई दुरुपयोग गर्नेहरूको सङ्ख्या पनि दिनानुदिन बढ्दै गैरहेको तथ्य पनि सत्य हो । अरूको वालमा जथाभावी लेख्ने, ट्याग गर्ने र नग्न तस्बिरहरू राखेर फेसबुक चलाउनेहरूलाई नै लज्जित तथा बद्नाम गर्ने प्रवृत्तिहरू हाल देखिएका कुरूप यथार्थहरूका रूपमा अघि आएका छन् । हाल सम्पूर्ण संसार नै एक प्रकारले डिजिटलरूपी हु“दै गैरहेको वर्तमान स्थितिमा फेसबुकबाट बचेर जान सकिने अवस्था छैन । इन्टरनेटको उचित प्रकारको प्रयोग र अझ त्यसमा पनि फेसबुकजस्तो सामाजिक सञ्जाललाई सकारात्मक दिशामा अघि बढाउने हो भने जीवनको गति निश्चित रूपमा सोचेभन्दा राम्रो हुनेछ । फेसबुकको १ दशकको यात्रा सा“च्चै नै निकै लोभलाग्दो छ । १ दशकको अवधिमै सम्पूर्ण विश्वमाथि एकछत्र शासन गर्न सक्ने फेसबुकलाई सही ढङ्गले उपयोग गर्न सक्यौ“ भने आगामी दिनहरूले सहज किसिमले प्रगतिको मार्ग अवलम्बन गर्न सक्नेछन् ।
Discussion about this post