ADVERTISEMENT
५ बैशाख २०७८, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ बैशाख २०७८, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सभासद्हरुद्वारा सरकारको ध्यानाकर्षण

by चितवन पोष्ट
२०७० माघ २५, शनिबार ०३:२४ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

    काठमाडौँ । व्यवस्थापिका–संसद्को बैठकमा समय माग गर्दै आफ्ना अभिव्यक्ति प्रस्तुत गर्नुभएका सभासद्हरूले संसद् अहिले जटिल मोडमा रहेकाले सभा सञ्चालनको जिम्मेवारी पाउनुभएका ज्येष्ठ सदस्य सूर्यबहादुर थापालाई सभाध्यक्षको रुपमा सभामुख÷उपसभामुखको निर्वाचन र कार्य व्यवस्था नियमावली तत्काल ल्याउने व्यवस्थाका निम्ति विशेष प्रयास गर्न आग्रह गर्नुभयो ।
व्यवस्थापिका–संसद्मा सभामुख र उपसभामुख चयनका साथै कार्य व्यवस्था परामर्श समिति गठन नगरी संविधान लेखनको प्रक्रिया द्रूत गतिमा अघि बढाउन नसक्ने भएकाले  शीघ्रातिशीघ्र त्यसतर्फ प्रयास हुनुपर्नेमा उहाँहरूको जोड थियो ।
हुलाकी सडकमा जग्गा परेकाहरूले उचित मुआब्जा नपाएका, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सरकार उदासीन भएकोे, वीरगञ्ज चिनी कारखाना बन्द हुँदा ६० हजारभन्दा बढीले रोजगारीबाट वञ्चित हुनुपरेको, चितवनको ठोरीमा पुल निर्माण नहुँदा सर्वसाधारणले सास्ती झेल्नुपरेको, सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमार्फत् सांसदहरूलाई उपलब्ध गराइने पारिश्रमिकलगायत रकम निजी क्षेत्रको बैंकमा जम्मा गर्ने परिपाटी मान्य नभएको गुनासो पनि उहाँहरूले गर्नुभयो ।
तराईका दलित सहजै नागरिकताको प्रमाणपत्र प्राप्त गर्न नसकेका, भ्रष्टाचार मौलाउँदै गए पनि त्यसलाई दुरुत्साहित गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खासै चासो नदेखाएको, भ्रष्टाचार र अन्य अनियमितताको जाँचबुझ गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने, जनता आवास कार्यक्रम रोक्न नहुने, सवारी चालक अनुमतिपत्र वितरणको प्रक्रिया देशभर सञ्चालन गर्नुपर्ने, मुक्त कमैयाका समस्याको सम्बोधन गर्न उहाँहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
त्यसरी समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउने सभासद्हरुमा हरिचरण साह, प्रेमबहादुर सिंह, नागेन्द्रप्रसाद थारु, वृजेशकुमार गुप्ता, दुलारी हरिजन, गङ्गा चौधरी, विश्वेन्द्र पासवान र सुरेन्द्रप्रसाद चौधरीलगायत हुनुहुन्थ्यो । संसद्को बैठक प्रारम्भ हुने वित्तिकै समय माग गर्दै ४५ जना विधायकले बोल्नुभएको थियो ।

Related Posts

केपी ओलीको हार कर्णालीबाट सुरु भइसक्यो : प्रचण्ड

केपी ओलीको हार कर्णालीबाट सुरु भइसक्यो : प्रचण्ड

Chitwan Post

नेकपा माधव नेपाल समूहको खैरहनी, राप्ती र माडीमा नगर कमिटी गठन

सुकुमबासी समस्याबारे तारे होटलमा अन्तक्र्रिया

सुकुमबासी समस्याबारे तारे होटलमा अन्तक्र्रिया

Discussion about this post

अन‌ि यो पनि

चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध
प्रमुख समाचार

आइतबार १०९६ जनामा कोरोना पुष्टि, थप आठ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या...

Read more
रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना महाव्याधिबारे मतभेद हटाऔँ

कोरोनाका चार नयाँ भेरियन्ट फेला

“महामारी फैलियो, सावधानी छैन”

चितवनमा साउनयता २२ वन्यजन्तु मरे

नौ महिनामा मरे ३० गैँडा

भाषामा सीमातीत चीरहरण !

भाषामा सीमातीत चीरहरण !

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In