रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नंं. ६ मा शुक्रबारबाट साक्षर कक्षा सुरु भएको छ । साक्षर कक्षाको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले उद्घाटन गरे ।
ज्योर्तिमय सामुदायिक अध्ययन केन्द्रको संयोजनमा सुरु भएको साक्षर कक्षामा १२ वटा कक्षा संचालन हुनेछ । १२ वटा कक्षामा ३ सय २ जना १५ देखि ६० वर्ष उमेर समूहका सहभागी हुने केन्द्रकी अध्यक्ष शान्तिदेवी ढुंगानाले जानकारी दिइन् । उनका अनुसार ६० वर्ष भन्दा माथिकाले पनि कक्षामा सहभागिता जनाउन पाउँनेछन् ।
सन् २०१५ सम्म नेपाललाई साक्षर घोषणा गर्र्ने लक्ष्यअनुसार जिल्ला शिक्षा कार्यालय चितवनले जिल्लाका केही गाविस र नगरपालिकाका केही वडालाई साक्षर घोषणा गरिसकेको छ भने रत्ननगर नगरपालिकाको ७ वटा वडालाई साक्षर घोषणा गरिसकेको छ ।
Discussion about this post