शक्तीखोर । शक्तिखोर गाविस वडा नंं ३ को चेपाङवस्तीमा निर्माण गरिएको सुपार खानेपानी तथा सरसफाई आयोजनाको शुक्रबार शक्तिखोर गाविसका सचिव अर्जुन पंगेनीले उद्घाटन गरे । २३ लाख ७६ हजार रुपैयाँमा निर्माण गरिएको खानेपानी आयोजनाले सुपार गाउँका ७२ घरधुरीका चार सय ७६ जना लाभान्वित हुनेछन् । आयोजनाले सुपार गाँउमा १२ वटा सार्वजनिक धारा निर्माण गरेको छ ।
खानेपानी आयोजनालाई ग्रामीण खानेपानी तथा सरसफाई कोष नेपालले १३ लाख ३० हजार रुपैयाँ, शक्तिखोर गाविस कार्यालयबाट १ लाख सहयोग गरेको थियो भने वाँकी रकम स्थानीय जनश्रमदानबाट जुटाइएको थियो । आयोजनाका अध्यक्ष रामप्रसाद प्रर्जाको अध्यक्षतामा भएको कार्यक्रममा आयोजनाका सचिव पाण्डव चेपाङले आयव्यय विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा खानेपानी आयोजनाका उपाध्यक्ष भीमबहादुर प्रजा, राप्रावि सुपारका प्रधानाध्यापक टीका श्रेष्ठ, एफडीआरपीका प्रतिनिधि रामकुमार पुरीलगायतले बोलेका थिए ।
Discussion about this post