भरतपुर । राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७० अन्तर्गत उद््घाटनको दिन वृहत् शोभा ¥याली निकालिने भएको छ । यस्तै प्रदर्शनी अवधिभर दर्शकहरुलाई यातायातमा आवातजावतका लागि सहज वातावरण बनाइने भएको छ । र्पािर्कङ तथा यातायात व्यवस्थापन समितिको बैठकले सो व्यवस्था गर्ने भएको हो ।
महिला उद्यमी प्रवद्र्धन समितिको शुक्रबार बसेको अर्को बैठकले मेलामा महिला सहभागिता बढाउन महिला उद्यमीलाई प्रोत्साहन गर्ने निर्णय गरेको हो । तारादेवी काफ्लेको संयोकत्वमा बनेको समितिमा सदस्यहरुमा महिला उद्यमीहरु सुशीला पाण्डे, राशी लामा, पार्वती कुव“र, लालकुमारी रिमाल, घना सापकोटा रहेका छन् ।
यही फागनु १ देखि ८ गते सम्म हुन लागेको राष्ट्रिय औद्योगिक प्रर्दशनी–२०७० मा विशेष हाउजिङ परिसर पनि राखिने भएको छ । चितवनमा फस्टाउदै गएको जग्गा व्यवसायलाई मध्यनजर गर्दै हाउजिङ परिसर राख्न लागिएको संघका अध्यक्ष एवं मुलआयोजक समितिका संयोजक कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।
Discussion about this post