भरतपुर । नेकपा एमाले भरतपुर नगर कमिटी क्षेत्र ३ का अध्यक्ष शेषमणि नेपालले विज्ञप्तिमार्फत् खानेपानी मूल्य निर्धारण आयोगले महसुल वृद्धि गर्न लागेकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
‘जनताको दैनिक आवश्यक पर्ने पानीमा महसुल वृद्धि गरिँदा सरोकारवालासँग कुनै छलफल नगरिएको, खानेपानी बोर्डको हिसाव पारदर्शी नभएकोमा एमालेले आपत्ति प्रकट गर्दै महसुल फिर्ता गर्न जोडदार माग गरेको छ’ विज्ञप्तिमा भनिएको छ । सर्वदलीय र सर्वपक्षीय छलफलको माग राख्दै महसुल वृद्धि फिर्ता नभए चरणबद्ध आन्दोलन गर्न बाध्य हुने जनाइएको छ ।
Discussion about this post