भरतपुर । २५ वर्ष पहिले वार्षिक साढे ११ हजार दूध बिक्री गरी सञ्चालनमा आएको गौरीगञ्ज दुग्ध उत्पादक सहकारी संस्थाले वार्षिक ६ लाख लिटर बढी दूघ संकलन गरी बिक्री गर्न सक्ने अवस्थामा पुगेको छ ।
विसं. २०४६ माघ २३ गते भरतपुर–८ गौरीगञ्जका १०–१२ जना युवाहरुको सक्रियतामा स्थापना भएको सहकारीले २५ वर्षको फड्को मार्दै गर्दा साढे दुई करोड रूपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ ।
आर्थिक वर्ष २०४६÷०४७ सालमा ११ हजार ५१३ लिटर दूध संकलन गरी ८६ हजार ९२१ रूपैयाँबाट कारोबार थालेको सहकारीले आर्थिक वर्ष २०६९÷०७० मा ६३ हजार ३३ हजार ९४० लिटर दूध बिक्रीबाट दुई करोड ३३ हजार ९४० रूपैयाँ बराबरको कारोबार गरेको हो ।
३३४ जना शेयर सदस्य रहेको संस्थाले बिहीबार आफ्नो रजत महोत्सव सम्पन्न गरेको छ । साताव्यापी रुपमा मनाइएको रजत महोत्सवअन्तर्गत कृषक तथा स्थानीय सरोकारवालाहरुबीच विविध प्रतियोगिता सम्पन्न गरेकोे छ । महोत्सवको समापन समारोहमा पशु सेवा विभागका महानिर्देशक डा नरबहादुर रजबारले दूधको मूल्य समायोजनका लागि पाँचै विकास क्षेत्रमा अध्ययन भइरहेको बताउनु भएको छ ।
गौरीगञ्ज दुग्ध उत्पादक सहकारी संस्थाको रजतजयन्तीे समापन समारोहमा महानिर्देशक रजबारले कृषि विकास मन्त्रालय, अर्थमन्त्रालय र पशु सेवा विभागका प्रतिनिधिहरुले अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेस गरेपछि मूल्य समायोजन हुने उहाँले बताउनुभयो । रजवारले स्थानीयको आर्थिक उन्नतिका लागि सहकारीले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
कार्यक्रममा डिभिजन सहकारी कार्यालय भरतपुरका प्राचार्य केशवबहादुर थापा, निजी अस्पताल समन्वय समितका सचिव डा. केशव देवकोटा, समापन समारोहमा जिल्ला पशु सेवा विभागका प्रमुख रामकुमार कार्की, राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालाका बोधनाथ अधिकारी, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यलयका प्रमुख केशवबहादुर थापा, सीताराम गोकुल मिल्क्स काठमाडांैका प्रबन्ध निर्देशक सुमित केडिया, नेपाल पोल्ट्री व्यवसायी संघका अध्यक्ष शंकर कँडेल, नेपाली कांग्रेसका वडा सभापति दामोदर न्यौपाने, एमालेका वडा अध्यक्ष नवराज खनाल, एमाओवादीका वडा अध्यक्ष होमराज बास्तोला, संस्थाका व्यवस्थापक ऋषिराम शर्मा, उपाध्यक्ष दुर्गा कँडेललगायतले मन्तव्य दिएका थिए । कार्यक्रममा उत्कृष्ट किसानहरुलाई सम्मान गरिएको थियो ।
Discussion about this post