भरतपुर । चितवनको महिला तथा बालबालिकाको क्षेत्रमा कार्य गर्दै आइरहेको दुई संस्थाले राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७० मा निःशुल्क स्टल राख्न पाउने भएका छन् । प्रदर्शनी व्यवस्थापन समितिको बुधबार बसेको वैठकले आदर्श गृह र दिदीबहिनी बचत कोष संस्थालाई निःशुल्क रुपमा स्टल राख्न पाउने व्यवस्था मिलाएको हो ।
समितिका संयोजक भीमबहादुर पाण्डेले महिलाहरुलाई प्रोत्साहनस्वरुप निःशुल्क स्टलको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
प्रदर्शनीमा स्टल निर्माणसँगै सजावटका कामहरु पनि सुरू भएको प्रचारप्रसार समितिका संयोजक राजु पौडेलले जानकारी दिनुभयो ।
Discussion about this post