बाघको आक्रमणबाट मृत्यु

अन‌ि यो पनि

जगतपुर । जगतपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गाउँका साथीहरूसँगै राप्ती नदी किनारमा खर काट्न गएका गुञ्जनगर–७ जीतपुरका अन्दाजी ४३ वर्षीय एकबहादुर तामाङलाई बाघले आक्रमण गरेको हो ।
बाघको आक्रमणबाट सोमबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । समूहभन्दा अलि पर गएर खर काट्दै गरेको अवस्थामा उनलाई एक्कासि बाघले आक्रमण गरेको प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्र्दैै जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनको मध्यवर्ती क्षेत्रमा पछिल्लो समयमा वन्यजन्तुको आक्रमण बढेको स्थानीयले बताएका छन् ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया