माघ २७ गते प्रधानमन्त्रीको निर्वाचन

अन‌ि यो पनि

काठमाडौँ । संविधानसभा निर्वाचन सम्पन्न भएको साढे दुई महिनापछि प्रधानमन्त्री चयन प्रक्रिया सुरू भएको छ ।
व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुका प्रतिनिधि सम्मिलित कार्यव्यवस्था समितिको आजको बैठकले यही माघ २७ गतेका निर्वाचन गर्न व्यवस्थापिका–संसद्लाई सिफारिस गर्ने भएको छ ।
व्यवस्थापिका–संसद्को बुधबार बस्ने बैठकले प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी थप कार्यक्रम तय गर्ने छ । संविधानसभा भवन नयाँ बानेश्वरमा मंगलबार बसेको कार्यव्यवस्था समितिको बैठकले प्रधानमन्त्री निर्वाचनको मिति तय गरेको राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष एवम् सभासद् चित्रबहादुर केसीले जानकारी दिनुभयो ।
समितिको बैठकमा सभामुख, उपसभामुखलगायत अन्य पदाधिकारीको विषयमा सामान्य छलफल भए पनि सो विषयमा कुनै पनि निष्कर्ष ननिस्केको सभासद् केसीले जानकारी दिनुभयो । ‘मुलुकलाई पहिले सरकार चाहिएकाले सरकार गठनका लागि नै कार्यव्यवस्था समितिको बैठकले कार्यक्रम तय गरेको हो, अरु विषय पनि विस्तारै टुङ्गो लगाउने भन्ने मौखिक सहमति भएको छ’ सभासद् केसीले भन्नुभयो ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया