नारायणगढ । चितवनमा चलचित्रसँग सम्बन्धित कलाकार तथा पत्रकारहरुको भेलाले मंगलबार चितवन फिल्म सोसाइटीको तदर्थ समिति गठन गरेको छ ।
भेलाले रविचन्द्र अधिकारीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षहरुमा गोविन्द अर्याल र राजु भट्ट चयन भएका छन् । त्यस्तै समितिको सचिवमा रामेश्वर रिजाल, सहसचिवममा विधुर ढकाल, कोषाध्यक्षमा हरि कार्की लक्की चयन भएका छन् ।
त्यस्तै समितिको सदस्यहरुमा ज्ञानेन्द्र तमाङ, सुरज पोखरेल, गीता कँडेल, रामशरण चौधरी र राजु चौधरी रहेका छन् ।
Discussion about this post