भरतपुर । चितवनका ग्रामीण क्षेत्रका समुदायलाई लक्षित गरी क्यान्सर सम्बन्धीसचेतना फैलाउने तथा रोगको परीक्षण गर्ने योजनाअनुरूप सोमबार शक्तिखोरको चेपाङ बस्ती देवीटारमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर परीक्षण तथा क्यान्सरसम्बन्धी जनचेतना कार्यक्रम भएको छ ।
नेपाल अर्बुद्ध रोग निवारण संस्था चितवन, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, लगनशील महिला सहकारी संस्था देवीढुंगा सामुदायिक वन, ध्वनीवेशी सामुदायिक वनको संयुक्त पहलमा कार्यक्रम भएको हो ।
नेपाल अर्वुद रोग निवारण संस्था चितवनका सभापति दिनेशकुमार चुकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य बद्रिनाथ पोख्रेल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा क्यान्सर रोग तथा अनुसन्धान विभागका प्रमुख ईश्वर प्रधानाङले क्यान्सरसम्बन्धी जानकारी दिनुभयो ।
Discussion about this post