ADVERTISEMENT
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सर्वपक्षीय राजनीतिक सभाको पक्षमा नेकपा माओवादी

by चितवन पोष्ट
२०७० माघ २१, मंगलवार ०३:३६ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । नेकपा –माओवादीले नयाँ परिस्थितिमा नयाँ राष्ट्रिय सहमतिको निर्माणका लागि सर्वपक्षीय राजनीतिक सभाको गठन गरी  राजनीतिक निकास निकाल्नुपर्ने कार्यनीतिप्रति पार्टी दृढ रहेको जनाएको छ ।
पार्टीको शनिबार सम्पन्न चारदिने पोलिटब्युरो बैठकको निर्णय सार्वजनिक गर्न सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा  पार्टी अध्यक्ष मोहन वैद्यले मुलुकमा द्वन्द्व समाधान गर्ने हो भने जनयुद्वबाट आएको हिस्सालाई पनि बाहिर राखेर समाधान ननिस्कने हुनाले माओवादीलाई साथ लिएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले त्यसको लागि नयाँ खालको राजनीतिक सहमतिको खाँचो औँल्याउनुभयो ।
उहाँले माओवादीले उठाएका विषयलाई गम्भिरपूर्वक लिएर हेटाँैडा महाधिवेशनले लिएको कार्यदिशा र निर्णयलगायतका विगतका कमी कमजोरी सच्चाएर आएमा एनेकपा (माओवादी)सँग एकता सम्भावना रहे पनि तत्काल भने त्यो सम्भव नभएको बताउनुभयो ।
बैठकले जनआन्दोलनको सञ्चालनका लागि पार्टी र जनवर्गीय मोर्चाहरू सम्मिलित संयुक्त जनसमितिको निर्माण गर्ने निर्णय भएको जानकारी दिएको छ ।
पोलिटब्युरो बैठकले सङ्गठित अपराध, सुपर्दगी, सम्पति शुद्वीकरण, कानुनी सहायतालगायतका राष्ट्रघाती तथा जनविरोधी अध्यादेश  व्यवस्थापिका–संसदमा प्रस्तुत गरिएकोमा त्यसको विरोधका लागि कार्यक्रम गर्ने निचोड निकालेको छ ।
देशको राष्ट्रियता, स्वाधिनता, सार्वभौमिकताको दृष्टिले गम्भीर बन्दै गएका अरुण तेस्रो, माथिल्लो कर्णालीसहितका बृहत् जलविद्युत् आयोजनाका विरोध, अध्यागमन तथा सीमा अतिक्रमण समस्या तथा भ्रष्टाचार, वेरोजगारी, महँगी तस्करीलगायतका विषयलाई केन्द्रमा राखेर विरोधका कार्यक्रम गर्ने निर्णय भएको पार्टीका अध्यक्ष वैद्य र महासचिव रामबहादुर थापा बादलद्वारा संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
सो पार्टीले मजदुर, किसान, महिला, जनजाति, मधेसी, पिछडिएका क्षेत्र र मुस्लिम समुदायसहितका जनताका हक अधिकारको स्थापनासहित जनताको सङ्घीय गणतन्त्रमा आधारित संविधानको पक्षमा जनाधार तयार पार्ने भएको छ ।  त्यस्तै नेकपा एकीकृत र क्रान्तिकारी कम्युनिस्ट केन्द्र नेपालसँग पार्टी  एकताका लागि सकारात्मकरुपमा संवाद अघि बढिरहेको जानकारी दिइएको छ । रासस

Related Posts

तपाईंको सबैभन्दा ठूलो क्षमता !

‘माडीको विकासमा कमी हुन दिन्नौँ’

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

‘दलहरुबीच समझदारी हुन्छ’

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

Discussion about this post

अन‌ि यो पनि

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री
स्वास्थ्य

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्त्वपूर्ण...

Read more
लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

चन्द समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छौं : प्रधानमन्त्री ओली

कामना सेवा विकास बैंकको डस्टविन वितरण

कामना सेवा विकास बैंकको डस्टविन वितरण

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In