ADVERTISEMENT
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

क्षतिपूर्ति नपाउँदा केरा किसान मर्कामा, अर्थ मन्त्रालयमा थन्कियो फाइल

by चितवन पोष्ट
२०७० माघ २०, सोमबार ०३:१७ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

-होमनाथ सापकोटा
रत्ननगर । चितवनका केरा किसानले हावाहुरीका कारण नष्ट भएको केराको क्षतिपूर्ति पाउन सकेका छैनन् । सरकारी निकायको बेवास्ताका कारण क्षति भएको ६ महिना बितिसक्दा पनि किसानहरुले क्षतिपूर्ति पाउन नसकेका हुन् । २०७० साल भदौ २९ गते आएको हावाहुरीले चितवनका केरा किसानको नौ करोडभन्दा बढीको केरा नष्ट गरिदिएको थियो ।
चितवन केराको उत्पादनमा आत्मनिर्भर बन्दै गएको भएपनि पटक–पटक आउने दैविक प्रकोपका कारण यहाँका किसानहरुले ठूलो क्षति बेहोर्दै आएका छन् । नौ करोडको केरा नष्ट भएपछि केन्द्रबाट कृषि मन्त्रालयका अधिकारीहरुले नष्ट भएको केराको स्थलगत अवलोकन गरी क्षतिपूर्तिको लागि सिफारिस गरेको थियो ।
चितवन केरा व्यवसायी समितिले नष्ट भएको केराको क्षतिपूर्तिको लागि कृषि मन्त्रालय र अर्थ मन्त्रालयमा क्षतिपूर्तिको मागसमेत गरेका छन् । ‘हामी सम्बन्धित दुईवटा मन्त्रालयमा पटक–पटक गयौँ’ समितिका अध्यक्ष यज्ञप्रसाद सुवेदीले भन्नुभयो, ‘तर सरकारी स्तरबाट बेवास्ता गरियो । क्षतिपूर्तिको लागि कृषि मन्त्रालयले अर्थमन्त्रालयसँग बजेट माग गरेको भएपनि अर्थ मन्त्रालयमा गएर फाइल अडकिएको उहाँले बताउनुभयो ।
अर्थमन्त्रालयले बजेट निकासाको लागि मन्त्रिपरिषदको नियम पालना गर्नुपर्ने भएकाले लामो समय बितिसक्दा पनि क्षतिपूर्ति पाउन नसकिएको अध्यक्ष सुवेदीले बताउनुभयो । ‘चितवनका केरा किसानले उत्पादन गरेको केराले राष्ट्रिय मागलाई पूरा गर्न सघाएको छ’ अध्यक्ष सुवेदीले भन्नुभयो, ‘कृषिको ग्रार्हस्थ उत्पादनमा योगदान पु¥याएका हामीलाई सरकारले बेवास्ता गर्न मिल्दैन ।
केराखेती गर्न महँगो पर्ने भएकाले एकपटक भएको क्षतिले किसानहरुलाई ५ वर्षसम्म असर गर्दछ । क्षतिपूर्ति नपाएका कारण कम उत्पादन भएकाले बजारमा भारतीय केराले कब्जा जमाउने अवस्था आएको अध्यक्ष सुवेदीले बताउनुभयो ।
हावाहुरीका कारण चर्को मार खेपिरहेका केरा किसानले खेतमा लगाएको केरा नष्ट गर्न थालेपछि किसानहरु थप पीडित बनेका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीमा प्रवेश गरेको जंगली हात्तीले रत्ननगर–५ बाघमारामा लगाएको केराखेती नष्ट गरेको छ ।
केरा किसान भानुचन्द्र न्यौपानेको खेतका लगाएकोे ११ सय घरी अर्थात् तीन लाख ५० हजार बराबरको केराखेती नष्ट गरेको हो । रातिको समयमा एक हप्तादेखि निरञ्न्तर आएर हात्तीले केरा खाने र नष्ट गर्ने काम गरेको केरा किसान न्यौपानेले जानकारी दिनुभयो ।
२०७० भदौ २९ गते आएको हावाहुरीका कारण ९ करोडभन्दा बढीको क्षति बेहोरेका चितवनका केरा किसानहरुले कहिले चोरीको कारण त कहिले जनावारको आतंकले क्षति बेहोर्दै आएको चितवन केरा व्यवसायी संघका अध्यक्ष यज्ञप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उहाँले पदमपुर, पिठुवा र रत्ननगरका किसानहरुले लगाएको केरा दिनहुँ चोरी हुने गरेको बताउनुभयो । उहाँले हावाहुरीका कारण भएको क्षतिपूर्तिको लागि कृषिमन्त्री टेकबहादुर थापा घर्तीलाई ध्यानाकर्षण गराएको बताउनुभयो । अध्यक्ष सुवेदीले हात्तीले नष्ट गरेको केराको पनि क्षतिपूर्तिको पहल गरिदिन वनमन्त्रीसमेत रहनुभएका मन्त्री घर्तीलाई आग्रह गरिएको जानकारी दिनुभयो ।
चितवनमा केराको व्यवसायिक प्रबद्र्धनको लागि एक गाउँ एक उत्पादन कार्यक्रम सुरू भएको छ । यो कार्यक्रमले किसानलाई खेती गर्न र तालिमलगायतका विषयमा सहयोग गरेको भएपनि दैविक प्रकोपका कारण जिल्लाका केरा किसानहरुले व्यवसायिक घाटा बेहोर्न बाध्य छन् । चितवनमा केराखेती गर्ने किसानको संख्या ३७५ रहेको र वार्षिक ३७ करोड अर्थात् २५ हजार मट्रिक टन केरा उत्पादन हुने गरेको केरा व्यवसायी समितिका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

Related Posts

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ

भरतपुर जनसेवा साकोसको तालिम

गहना लुट्न वृद्धाको हत्या, पाँच जना पक्राउ

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

प्रमुख प्रशिक्षक अरुणा गुरूङलाई सम्मान

Discussion about this post

अन‌ि यो पनि

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ
समाज

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ

भरतपुर । शनिबार बेलुकी ८ः४० बजेको समयमा भरतपुर ३ पुल्चोकस्थित ड्युटीमा खटिएका प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ परेका छन्...

Read more
मातृभाषा विकासको साधक : नेपाली भाषा

मातृभाषा विकासको साधक : नेपाली भाषा

धर्म जीवनको खोज हो

आफ्नो हृदयको आवाजलाई कसरी सुन्ने !

धर्म जीवनको खोज हो

साधना नगर्ने बहाना

Chitwan Post

शिक्षकको ‘अनैतिक’ कुकृत्य

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In