ADVERTISEMENT
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

औद्योगिक प्रदर्शनीमा पर्यटकीय गन्तव्यको

by चितवन पोष्ट
२०७० माघ २०, सोमबार ०३:०२ गते
in अर्थ, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । चितवन उद्योग संघको आयोजनामा हुन लागेको राष्ट्रिय औद्योगिक प्रदर्शनीमा चितवनका पर्यटकीय क्षेत्रको फोटोहरुको अवलोकन गर्न पाइने भएको छ ।
प्रदर्शनी अन्तर्गतको पर्यटन प्रवद्र्धन समितिले यस्तो व्यवस्थाको तयारी गरेको हो । समितिको आइतबार बसेको बैठकले फोटो प्रदर्शनी गर्ने निर्णय गरेको हो । समितिका संयोजक भेषराज दुवाडीले चितवनमा रहेका पर्यटकीय क्षेत्रको बारेमा धेरैलाई जानकारी नभएकाले यस्तो प्रदर्शनी राख्न लागिएको जानकारी दिनुभयो । उहा“ले फोटो प्रदर्शनीसँगै कसराबाट अखेटोपहारसमेत प्रदर्शनीका लागि ल्याइने बताउनुभयो ।
यस्तै प्रदर्शनीमा पर्यटन प्रवद्र्धनअन्तरगत भ्रमणको प्याकेज मिलाइने भएको छ । त्यसका लागि क्षेत्रीय होटल संघ सौराहा र चितवन होटल व्यवसायी संघबाट छुटको प्याकेज मिलाउन लागिएको संयोजक दुवाडीले जानकारी दिनुभयो ।
यसैगरी होम स्टे, ¥याफटिङ, जंगल ड्राइभ, जंगल सफारी (बीस हजारी), तथा अन्य गन्तव्य स्थलमा भ्रमणको व्यवस्था मिलाइएको प्रचार प्रसार समितिका संयोजक राजु पौडेलले जानकारी दिनुभयो ।
त्यसैगरी पर्यटन सूचना केन्द्र संचालन गर्न प्रति टिकटमा एक रूपैया“ लिने संघसँग प्रस्ताव गरिएको पर्यटन प्रवद्र्धन समितिका संयोजक दुवाडीले जानकारी दिनुभयो । उद्योग संघका अध्यक्ष कृष्णप्रसाद अधिकारीले चितवन पर्यटन क्षेत्रमा तेस्रो स्थान रहेको भएपनि अझै पनि नया“ पर्यटकीय क्षेत्रको पहिचान हुन नसेकको भन्दै यस्तो स्टलले प्रचार प्रसारमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
उहा“ले पर्यटकीय गन्तव्यको बारेमा सबैलाई जानकारी गराउनु आवश्यक रहेको बताउनुभयो । अध्यक्ष अधिकारीले पर्यटन स्थलले यसको प्रचारमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्नुभयो ।
चर्चित गायकगायिका आउने
चितवन उद्योग संघको आयोजनामा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७० अन्तर्गत सांस्कृतिक व्यवस्थापनको काम तीव्र गतिमा सुरू भएको छ । प्रदर्शनीमा सांस्कृतिक कार्यक्रमका लागि ल्याउने कलाकारहरुको छनौट गर्ने काम सुरू भएको छ ।
आइतबारसम्ममा सांस्कृतिक कार्यक्रमअन्तर्गत आधुनिक÷पप गायकतर्फ शिव परियार, प्रमोद खरेल, कमल खत्री, आस्था भण्डारी, लोक गीततर्फ गायक पुरूषोत्तम न्यौपाने, मिलन लामा, नेत्रजी पन्त, ढाकाराम पौडेल, उमादेवी खनाल, उमा गिरीलगायत कलाकार आउने निश्चित भइसकेको संयोजक युवराज श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै अन्य कलाकारहरुलाई ल्याउने प्रयास भइरहेको उहा“ले बताउनुभयो ।
यस्तै सांस्कृतिक कार्यक्रमअन्तर्गत रत्ननगर कला मन्दिरका कलाकारहरुले नृत्य देखाउने छन् । कलामन्दिरका कलाकारहरुले दैनिक नृत्य प्रस्तुति देखाउने सांस्कृतिक व्यवस्थापन समितिका सदस्य राम रिमालले जानकारी दिनुभयो । उहा“ले रत्ननगर कलामन्दिरका कलाकारहरुलाई नृत्यका लागि तयारी तीव्र पारिएको जानकारी दिनुभयो । कलामन्दिरका कलाकारहरुले चितवनमा हुने महोत्सव तथा प्रदर्शनीहरुमा नृत्य देखाउने गरेका छन् ।
उद्योग संघका अध्यक्ष कृष्णप्रसाद अधिकारीले यसपटकको प्रदर्शनीमा सांस्कृतिक कार्यक्रमलाई अझै महत्वको साथ स्थान दिइएको बताउनुभयो । उहा“ले सांस्कृतिक कार्यक्रमले कलासंस्कृतिको प्रवद्र्धन गर्ने भएकोले महत्व दिइएको बताउनुभयो । प्रदर्शनी स्टेरिङ कमिटिका संयोजकसमेत रहनु भएका अधिकारीले आगामी प्रदर्शनीमा सांस्कृतिक कार्यक्रमलाई अझै व्यवस्थित प्राथमिकता दिने बताउनुभयो ।
प्रदर्शनीमा डान्सिङ स्टार चुनिने
प्रदर्शनीमा नया“ कार्यक्रम अन्तर्गत डान्सिङ स्टार चुनिने भएको छ । डान्सिङ स्टारका लागि नाम दर्ता गराउन आउने संख्या बढेको कला संस्कृति व्यवस्थापन समितिका संयोजक युवराज श्रेष्ठले बताउनुभयो ।
उहा“ले आइतबारसम्ममा १६ जनाले नाम दर्ता गरिसकेको जानकारी दिनुभयो । डान्सिङ स्टारमा माध्यमिक विद्यालय, उच्च माध्यमिक विद्यालय, कलेजहरुका विद्यार्थीले सहभागिता जनाउन पाउने छन् । नाम दर्ता गराउनका लागि सोमबार सा“झ ५ बजेसम्मको लागि समय तोकिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । डान्सिङ स्टारका लागि एक नृत्य मात्र प्रस्तुति हुनेछ ।
डान्सिङ स्टार हुनेले नगद २५ हजार १५१ रूपैया“, द्वितीय हुनेले नगद १५ हजार १५१, तृतीय हुनेले नगद ७ हजार १५१ र सान्त्वना हुनेले नगद ४ हजार १५१ रूपैया“ पुरस्कार पाउने संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

Related Posts

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

प्रमुख प्रशिक्षक अरुणा गुरूङलाई सम्मान

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

पश्चिम चितवनका पत्रकारलाई प्रेस ज्याकेट

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
खेलकुद

फागुन २५ गतेदेखि नवलपुरमा राष्ट्रपति रनिङ शिल्ड हुने

कावासोती । पूर्वी नवलपरासीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २५ गतेबाट हुने भएको छ । जिल्ला खेलकुद विकास समिति नवलपुरका...

Read more
शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

प्रमुख प्रशिक्षक अरुणा गुरूङलाई सम्मान

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

पश्चिम चितवनका पत्रकारलाई प्रेस ज्याकेट

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

Chitwan Post

रामकृष्ण टोलमा श्रेष्ठको नेतृत्व

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In