परासी । नवलपरासीमा वन उपभोक्तासँग जबर्जस्ती रकम असुली गर्ने एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।
प्रहरीको पोसाकमा फर्जी रसिद काटेर वन उपभोक्तासँग पैसा असुल्ने नवलपरासी सुनवल गाविस– २ बेलारी बस्ने दलबहादुर विकलाई प्रहरीले पक्राउ गरी कारबाही थालेको छ । वन उपभोक्ताको उजुरीमा विकलाई पैसा असुल्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विगत १५ दिनदेखि जबर्जस्ती पैसा असुली गर्ने विकका दुई जना सहयोगी भने फरार रहेका छन् । उनीहरुको खोजी भइरहेको छ । वन उपभोक्तालाई धम्काई उनीहरुले रू १० देखि १०० लिने गरेको र नदिने उपभोक्ताको साइकल, मोबाइल जफत गर्ने तथा क्षति पु¥याउने गरेको स्वाठी– ७ का वन उपभोक्ता नाथुप्रसाद चौधरीले बताउनुभयो । रासस
Discussion about this post