काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ब्लड डोनर्स एसोसिएसनको आग्रहमा प्रयोगशालाबाट प्रदान गरिने सेवामा स्वयम्सेवी रक्तदातालाई छुट दिने प्रस्ताव गरेको छ ।
प्रयोगशालाले २५ देखि ४९ पटक रक्तदान गरेका रक्तदातालाई १५ प्रतिशत, ५० देखि ७४ पटक रक्तदान गरेका रक्तदातालाई ४० प्रतिशत, ७५ देखि ९९ पटक रक्तदान गरेका रक्तदातालाई ६५ प्रतिशत र सयपटकभन्दा बढी रक्तदान गरेका रक्तदातालाई ९० प्रतिशत छुट दिने प्रस्ताव गरिएको प्रयोगशालाका निर्देशक डा गीता शाक्यले जानकारी दिनुभयो ।
प्रयोगशालाबाट हुने नियमित प्रयोगशाला परीक्षणतर्फ सो छुटको प्रस्ताव गरिएको र सेवा लिनका लागि स्वयम्सेवी रक्तदाताले रगतदान गरेको प्रमाणपत्रको परिचयपत्र देखाउनुपर्ने प्रावधान राखिएको छ ।
रक्त सञ्चार सेवा केन्द्रबाट रगत दान गरेको परिचयपत्र जारी हुने गरेको छ । एसोसिएसनका सदस्य विष्णु श्रेष्ठले छुटको व्यवस्थाले रक्तदातालाई रगत दिन थप हौसला मिल्ने विश्वास व्यक्त गर्नुभयो । रासस
Discussion about this post