ADVERTISEMENT
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

वागमती नुहाउनयोग्य बन्दै

by चितवन पोष्ट
२०७० माघ १९, आईतवार ०३:१७ गते
in समाज
0
0
SHARES
Share on FacebookShare on Twitter

     काठमाडौँ । नयाँ वर्षको आगमनलाई कसरी स्वागत गर्ने भन्ने बारेमा मानिसहरूले अहिलेदेखि नै समयको व्यस्तता र औकातअनुसारका योजना बनाएका हुन्छन् । त्यस्तै योजना यो पटक बागमती सफाइ अभियानले तय गरेको छ । त्यो योजना हो बागमतीको स्वच्छ पानीमा नुहाउने ।
झट्ट सुन्दा बागमतीमा नुहाउने कुरा के ठूलो हो र ! भन्न सकिएला तर त्यही बागमतीमा उपत्यकावासीले नुहाउन छाडेको दशकाँै बितिसकेको छ । लामो अन्तरालपछि फेरि बागमती नुहाउनयोग्य बन्दैछ । यो त्यसै सम्भव भएको विषय होइन । यसमा एकीकृत बागमती सभ्यता अभियानलगायतका दर्जनाँै संघ संस्था र हजाराँै नागरिकको ठूलो योगदान छ ।
विगत ३८ हप्तादेखि जारी बागमती सरसफाइ अभियानको निरन्तर प्रयास र प्रयत्नबाट बागमतीको मुहारमै परिवर्तन आएपछि पुनः नुहाउने कल्पना सम्भव हुँदै गएको हो ।
संसारकै पुरानो सभ्यताका रूपमा परिचित बागमती सभ्यता मानवीय अतिक्रमणका कारण नदी खन्डहर र दूषित बन्दै गएको अवस्थामा सरसफाइ अभियानले दिएको गतिका कारण त्यसको स्वरूपमा उल्लेख्य परिवर्तन देखिन थालेको छ ।
काठमाडौँ उपत्यकामा बढ्दो जनसङ्ख्या, फोहोरमैलाको उचित व्यवस्थापन हुन नसक्नु र नदी किनारको अतिक्रमणले बागमतीसहित उपत्यकाका सबै नदी प्रदूषित र दुर्गन्धित बन्न पुगेका हुन् ।
जताततै नदीमा ढल, कलकारखानाबाट निस्कने फोहोर र सिनोको दुर्घन्धका कारण बागमती नदी किनारमासमेत पुग्न कठिनाइ भइरहेकै अवस्थामा उपत्यकावासी फेरी पनि बागमतीमा नुहाउन सकिन्छभन्दा आश्चर्य पनि मान्लान् तर यो छिट्टै यथार्थमा परिणत हुँदैछ ।
गरे के हुँदो रहेनछ भनेजस्तै इच्छाशक्तिसहितको विगत ३८ हप्तादेखि गरेको निरन्तर प्रयास र अठोटका कारण आगामी वैशाख १ गते बागमतीमा नुहाउने उपत्यकावासीको सपना पूरा हुन लागेको अभियानको निष्कर्ष छ ।
बागमती सफाइ महाअभियानको सुरुवात गत जेठ ५ गते शनिबारबाट भएको हो । बागमती नदीको सफाइ, स्वच्छता र संरक्षण एवम् बागमती सभ्यताको सम्वद्र्धनका लागि समग्र नेपालीको प्रयासका रूपमा सरसफाइ अभियानले श्रेय पाएको छ ।
करिब २५ वर्ष अगाडिसम्म बागमती नदीमा नुहाउन र पानी पिउन सकिने अवस्था थियो । धार्मिक मूल्य र मान्यताअनुसार पनि तीर्थाटन गर्ने, स्नान गर्ने र पवित्रताको विशेषणसमेत पाएको यो नदी मानवीय अतिक्रमणका कारण समस्याग्रस्त बनेको तथ्य वास्तविकता हो ।
बागमती सफाइ अभियानलाई नागरिकको अभियानका रूपमा लिँदै निःस्वार्थ सामाजिक अभियानका रूपमा सय हप्ता सञ्चालन हुनेछ । अभियान सञ्चालनका लागि आर्थिक सहयोग कसैबाट नलिएको तथा सफाइ, स्वच्छता तथा संरक्षणमा लाग्ने खर्च स्वयम् सेवकबाटै जुटाइएको बताइएको छ ।
प्रत्येक शनिबार बिहान आठदेखि १० बजेसम्म सञ्चालन हुँदै आएको सो अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडौँ महानगरपालिका, नेपाली सेना, एकीकृत बागमती सभ्यता बचाउ अभियान, पशुपति क्षेत्र विकास कोष, गायत्री परिवार नेपाल, जीवन विज्ञान, स्थानीय शान्ति समिति, विश्व हिन्दू महासंघ, विज्ञापन सघ, नेपाल टेलिकम, नेपाल नदी संरक्षण समाजलगायतका निकायहरूबाट दुर्ई हजारको हाराहारीमा नागरिक परिचालन हुँदै आएका छन् ।
सफाइका कारण तीनकुने भन्दामाथिको खण्डमा बागमती नदीको मुहार फेरिएको छ । पानीमा प्रदूषणको मात्रा घटेको र पानी सङ्लिदै गएको छ । तथापि छेउछाउका बस्तीबाट मिसिने ढलका कारण पूर्णरूपमा दुर्गन्ध हट्न भने अझै केही समय लाग्नेछ । ढल निकासका लागि नदी किनारका दुवै भागमा ढल निर्माणको काम भइरहेको छ ।
अभियानले मनोहरा दोभानसम्म पहिलो चरणको सफाइ आगामी साता पूरा गर्ने र त्यसपछि बागमती नदीको उद्गमस्थल बाग्द्वारतर्फ केन्द्रित भएर सफाइ अभियान सञ्चालन गर्ने सोच बनाएको मुख्यसचिव लीलामणि पौड्यालले जानकारी दिनुभयो ।
अहिलेसम्मको प्रगतिबाट आफू अत्यन्तै सन्तुष्ट रहेको उल्लेख गर्दै मुख्यसचिव पौड्यालले नदीमा फोहोर फाल्न हुँदैन भन्ने सोचको विकास भएको तथा आधारभूत रूपमा नदीमा फोहोर फाल्ने क्रम घटेको प्रतिक्रिया दिनुभयो । स्वतःस्फूर्त ढङ्गले केही अपेक्षा नगरी पुस, माघको जाडो, चाडपर्व, केही नभनी सबै काम छोडेर बालक, युवा, वृद्ध, महिला सबै तह र तप्काबाट सहभागिता जुट्ने क्रम बढ्दै गएको छ ।
कालीमाटीस्थित काठमाडौँ इन्जिनियरिङ कलेजका संस्थापक हीरेन्द्रमान प्रधानले बागमतीमा नियमितरूपमा स्वच्छ पानी बग्नका लागि मुहान क्षेत्रमा पानीका ठूलाठूला पोखरी, तालतलाउ निर्माण गरेर पानी सङ्कलन गर्नुपर्ने र क्षेत्र तोकेर संघ, संस्था र निकायलाई जिम्मेवारीको बाँडफाँड गर्नुपर्ने बताउनुभयो ।

Related Posts

मनकामनामा एकैदिन पाँच हजार बढी दर्शनार्थी

मनकामनामा एकैदिन पाँच हजार बढी दर्शनार्थी

भक्तिप्रसादको निधनले कर्मीमौरीको रिक्तता : पौडेल

बालगृहका आश्रित बालिकाहरुलाई न्यानो कपडा

Chitwan Post

कुमरोजमा बीउ स्रोत केन्द्र बनाइने

Discussion about this post

अन‌ि यो पनि

मनकामनामा एकैदिन पाँच हजार बढी दर्शनार्थी
समाज

मनकामनामा एकैदिन पाँच हजार बढी दर्शनार्थी

मुग्लिन । गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ...

Read more
भक्तिप्रसादको निधनले कर्मीमौरीको रिक्तता : पौडेल

बालगृहका आश्रित बालिकाहरुलाई न्यानो कपडा

भक्तिप्रसादको निधनले कर्मीमौरीको रिक्तता : पौडेल

भक्तिप्रसादको निधनले कर्मीमौरीको रिक्तता : पौडेल

लागूऔषधले चितवन आक्रान्त : प्रदेश प्रहरी प्रमुख

लागूऔषधले चितवन आक्रान्त : प्रदेश प्रहरी प्रमुख

जग्गा बेचेर सिद्धि छात्रावास खाद्यान्न अभाव हुँदा सताउँछ : सञ्चालक

जग्गा बेचेर सिद्धि छात्रावास खाद्यान्न अभाव हुँदा सताउँछ : सञ्चालक

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In