– शोभाखर आचार्य
देख्यौ कस्तो हुन्छ हारको अनुभूति
बहुमतले गरेन तिम्रो विचारको अनुभूति
जातीयता, स्वायत्तता ती झूटाजस्ता नारा
राम्रो लागेन जनतालाई काटमारको अनुभूति
खोक्रो आदर्शमा उड्यौ माथि आकाशमा
भयो सर्वहारालाई भ्रष्टाचारको अनुभूति
अरु पसे गाउँ केन्द्रित भयौ महलतिर
लोकमा पारे अरुले सदाचारको अनुभूति
गएछ मुटु, घाँटी र टाउकोमा मात्र
खुट्टाले गरेनछ रक्तसञ्चारको अनुभूति
पत्याउँदै जनताले गरेथे तिम्रो कदर
बनेछ त्यो पनि बेकारको अनुभूति
Discussion about this post