– एसा घले
छापावाल सुनलाई गाल्नु हुँदैन थियो
चौतारीको बर नै ढाल्नु हुँदैन थियो
त्यो मनको सङ्लो माया धमिलो भएपछि
पराईको नाम सिन्दूर हाल्नु हुँदैन थियो
वाचा–कसम झूटो ठानी नाता अन्तै जोडेपछि
मुटुभित्रका खाटाहरु टाल्नु हुँदैन थियो
मूल बाटोलाई छोडी बाटो अन्तै मोडेपछि
जिन्दगीका अटोग्राफहरु फाल्नु हुँदैन थियो
दिनुथियो त अर्कैलाई आफ्नो त्यो जवानी
यो एसालाई मुटुमा राख्नु हुँदैन थियो
Discussion about this post