– जीवनाथ भट्ट
ए आमा, धर्ती नेपाल ! सन्तति हामी नेपाली
नेतृत्व देशमा के भयो ? भन्दैछौ राष्ट्रियता अँगाली
सन्धि र सिमाना हेरिदेऊ राष्ट्रप्रेमी साथी हो
आँकडा हेरौँ संविधान मौलिकता गुम्यो हिजो
विभिन्न भाषाभाषी छौँ विभिन्न जातजातिमा
आफ्नै जन्मभूमिको मर्यादा राखौँ छातीमा ।
पहाड मधेस तराई मेची र महाकाली जो
राष्ट्रियता धराशायी बनाए यिनले गरे त्यो
नेपाली सबै जुटौ न राष्ट्रको ध्वजा बोकेर
मौलिकता आफ्नो छ भने नबसौँ अब लुकेर
भन्दैछिन् मातृभूमिले विकास आज के भयो
बिउँझेर हेर नेपाली देशमा उद्योग बन्द भो
लाखौँ छन् वीर नेपाली मजदुरी गर्दै विदेशमा
जलस्रोतको धनी देश बिजुली छैन यही ठाउँमा
कलकारखाना बेचेर निजी खाता खुल्यो रे
सामन्तीको रसमा नेपाली युवा भुल्यो रे
धनका पिचास नेताले राष्ट्रियता सीधै गुमाए
यो देशको भविष्य विकासको चिराग निभाए
शिक्षा र विकास नासेर बेइमानी मूल्य चुकाए
देशको शक्ति युवालाई राजनीतिमा डुबाए
Discussion about this post