भरतपुर । प्रभु पे चौथो क्यान इन्फोटेकको तेस्रो दिन स्कुल स्तरीय नृत्य प्रतियोगिता भएको छ ।
प्रतियोगितामा बालकुमारी इङ्लिश स्कुलका राकेश बिसी प्रथम भएका छन् । त्यस्तै सेन्ट्रल इङ्लिश स्कुलका निरज तामाङ र पिस जोन इङ्लिश स्कुलका पुनम गुरूङ, सलिना रेग्मी, श्रीसा थापा, कृतिका लामिछाने, मिसन अधिकारी, प्रमिला राना मगर दोस्रो हुन सफल भए ।
उनीहरुलाई समापनको दिन प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिने निर्णायक समितिका संयोजक तथा क्यान चितवनका उपाध्यक्ष विष्णु लामिछानेले बताए ।
आइतबारसम्म ८० हजार दर्शकले मेला अवलोकन गरेको क्यान चितवनका कोषाध्यक्ष दिलिपकुमार तामाङले जानकारी दिए । करिब एक लाख ५० हजारले मेला अवलोकन गर्ने र ८० लाखको कारोबार हुने आयोजकले जनाएको छ ।