• गृह पृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
22 02 19, Friday
30 °c
Narayani
27 ° Wed
28 ° Thu
25 ° Fri
25 ° Sat
Chitwan Post
No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व
No Result
View All Result
Chitwan Post
No Result
View All Result
गृह पृष्ठ अर्थ

सौराहामा खाद्य सुरक्षासम्बन्धी अन्तक्र्रिया

चितवन पोष्ट
February 11, 2019
अर्थ, समाचार
5
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

रत्ननगर । चितवनको सौराहामा आइतबार खाद्य सुरक्षा तथा होटल स्तरीकरणसम्बन्धी अन्तक्र्रिया कार्यक्रम गरिएको छ । सौराहाका होटल तथा रेस्टुरेन्टका खानामा सुधार, सरसफाइ र होटल स्तरीकरणका विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले आयोजना गरेको कार्यक्रममा होटल स्तरीकरण तथा लोगो वितरणका लागि स्थानीयस्तरमा समिति गठन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर नारायण वनले पर्यटन क्षेत्र भएको हुँदा खानेकुरामा सम्झौता गर्न नहुने बताए । रूमको पैसा थोरै लिने र त्यसको सट्टा खानामा चर्को मूल्य लिने प्रवृत्तिको अन्त्य हुनुपर्ने भन्दै मेयर वनले पर्यटकले नाक खुम्च्याउने वातावरण बनाउन नहुने बताए ।

सम्बन्धितसमाचार

पद्मोदय पुरूष भलिबल प्रतियोगिता हुने

देवघाटमा सिद्धार्थ बैंकको सेवा

पार्वतीपुरमा पाँचतले आयमूलक भवन बन्ने

सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले खाद्य सुरक्षाको विषयमा सौराहाका व्यवसायीहरु गम्भीर हुन जरूरी रहेको बताए । उनले पर्यटकलाई गर्नुपर्ने व्यवहार र प्रदान गर्ने सेवाको विषयमा सौराहामा व्यवसायीहरुले गर्नुपर्ने काम धेरै रहेको बताए । उनले सेवा प्रदान गर्न पर्यटकबाट स्यावासी पाउने वातावरण सौराहाका होटलहरुमा हुनुपर्ने बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख विकी राउतले खाद्य सुरक्षाका लागि उपभोक्ताले अपनाउनुपर्ने सजगता होटलको स्तरीकरण र स्टिकर वितरणको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख राउतको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय होटल संघका प्रथम उपाध्यक्ष दीपक भट्टराई, खाद्य अनुसन्धान अधिकृत आकाश काफ्लेलगायतले मन्तव्य राखेका थिए ।

ताजा समाचार

२०७५ फागुन १० गते शुक्रबार

February 22, 2019
मानव तस्करीको सञ्जाल तोड

मानव तस्करीको डरलाग्दो रुप

February 22, 2019
सरकारका एक वर्ष : दुर्बलता र सबलता

सरकारका एक वर्ष : दुर्बलता र सबलता

February 22, 2019
विचार समाजवाद र समृद्धिको मुद्दा

विचार समाजवाद र समृद्धिको मुद्दा

February 22, 2019
द फेमस महेन्द्र दल गण फाइनलमा

पद्मोदय पुरूष भलिबल प्रतियोगिता हुने

February 22, 2019

धेरै चोटी पढिएको

  • नारायणी नदीको बाढीसँगै कटान बढेपछि सतर्क रहन आह्वान्

    नारायणी नदीको बाढीसँगै कटान बढेपछि सतर्क रहन आह्वान्

    2951 shares
    Share 2951 Tweet 0
  • राप्तीमा महिलाको रहस्यमय हत्या

    2575 shares
    Share 2575 Tweet 0
  • गाई मारेको आरोपमा तीन पक्राउ

    4 shares
    Share 4 Tweet 0
  • स्थानीय तहमा भ्रष्टाचार न्यूनीकरण र सुशासन

    8 shares
    Share 8 Tweet 0
  • वडाध्यक्षको लगानीमा सडक मर्मत

    1486 shares
    Share 1486 Tweet 0

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स: ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com
  • इपेपर
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०१८ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व

© २०१८ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक