किशोर पहाडी
वर्È चौबीसको
गहु“ गोरो
च्युँडोमा सानो खत भएको
दुब्लो दुब्लो
चुरोट नखाने
रक्सी नखाने
अविवाहित
घन्टाघरनजिकैको कलेजमा
आई. ए. बी. ए. कुन्नि के जाति पढ्ने
अग्लो अग्लो
एक जना मेरो छोरो
धेरै बाठो
यो काठमाडौँमा कहा“ बस्छ खोइ ?
म उसलाई खोज्न आएको ।
म उसलाई खोज्न आएको
गाउ“बाट
उसको बाबु
एक्लो एक्लो
भौँतारि“दै
यता खोज्दै
उता खोज्दै ।
मेरो छोरो
साह्रै सोझो
साह्रै कञ्चन
बोल्न ओर्न विघ्न बाठो
जताततै अगाडि लाग्ने
अलि रिसाहा
उद्दण्ड बानी
धेरै पढ्ने
धेरै लेख्ने
भावुक भावुक मेरो छोरो
यो काठमाडौँमा कहा“ डेरा गरी बस्छ ?
म उसलाई खोज्न आएको
उसको बाबु ।
म उसको बाबु
उसलाई अलिकति चामल लेराइदिएको
भात पकाई खाला
उसलाई अलिकति गुन्द्रुक लेराइदिएको
च्वास्स अचार बनाउला
पाखो बारी बेचेर
उसलाई अलिकति खर्च लेराइदिएको
अभावले नपिरोल्ला
उसकी आमाले बारीमा फलाएको
नासपाती लेराइदिएको
खाजा बनाउला
उसलाई यी सब माया सद्भावनाका पोकाहरू
बुझाउन आएको
यो सहरमा कहा“ बसेको छ
खोइ मेरो छोरो ?
तर हरे,
जुलुसको माला लगाएर
आगोमा लडीबुडी खेल्दै हि“डेको
सारा नेपालले देखेको रहेछ उसलाई
निडर छातीमा गोली थापेको
हा“स्दै हा“स्दै अøया… भनेको
साथीहरूले देखेका रहेछन् उसलाई
रगतको आहालमा डुबेर
निसास्सिएको छटपटिएको
वरपर सबैले देखेका रहेछन् उसलाई
र अहिले,
म रमा गृहको सूचना पाटीमा टा“सिएको
उसको भव्य अनुहार
देखिरहेको छु ।
अहा,
मेरो छोरो पनि ठूलो मान्छे भएछ ।
––
Discussion about this post