ADVERTISEMENT
२० फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२० फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

न्यायमूर्तिको महाप्रस्थान

by चितवन पोष्ट
२०७० माघ १८, शनिबार ०४:१४ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नेपाली न्यायिक क्षेत्रका कर्मठ व्यक्तित्व, राष्ट्रप्रेमी तथा संवैधानिक कानुनका ज्ञाता पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्याय ८४ वर्षको उमेरमा महाप्रस्थान गरेका छन् । आफ्नै निवास ज्ञानेश्वरमा एक्कासि लडेर पाँच दिनदेखि मस्तिष्कको उपचार गरिरहेका उपाध्यायको बिहीबार राति बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । २०४७ सालको संविधानका मस्यौदाकारसमेत रहेका उपाध्यायको निधनले नेपाली न्यायिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । माघ ११ गते परिवारका सदस्यहरुसँग कुराकानी गर्नेक्रममा अचानक ढलेका उपाध्यायको मस्तिष्कमा रगत जमेपछि प्रा.डा. उपेन्द्र देवकोटासहितको टोलीले जटिल शल्यक्रिया गरेको थियो । पाको उमेरका कारण शल्यक्रियापछि उनी अचेत थिए । उपाध्यायलाई उठाउन कोसिस गरिए पनि शरीरका कुनै अंगले प्रतिक्रिया नदिएपछि पुनः बेहोस बनाएर भेन्टिलेटरमा राखिएको थियो ।
उनको शुक्रबार नै धार्मिक विधिअनुसार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो । श्रीमती र चार छोरा रहेका उनको पार्थिव शरीरमा जेठा छोरा शैलेन्द्र उपाध्यायले दागबत्ती दिएका थिए । उनको सम्मानमा नेपाल प्रहरीको टुकडीले सलामीसमेत दिएको थियो । स्वर्गीय उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गर्न ठूलो संख्यामा विभिन्न क्षेत्रका व्यक्तिहरु आर्यघाट पुगेका थिए । उनको पार्थिव शरीरमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले पुष्पमाला चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । उपाध्यायप्रति श्रद्धा व्यक्त गर्दै प्रधानन्यायाधीश, सभामुख, सर्वोच्चका न्यायाधीशहरु, विभिन्न दलका नेता, मन्त्रीगण, मानवअधिकारकर्मी, बुद्धिजीवी, कानुन व्यवसायी, प्रहरी, पत्रकार तथा सर्वसाधारण आर्यघाट पुगेका थिए । न्याय क्षेत्रका धरोहर उपाध्यायको निधनले न्याय क्षेत्रमात्र होइन, समस्त देशवासीलाई स्तब्ध बनाएको छ ।
संविधानविद् उपाध्यायले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विघटन गरेको संसद्लाई आफ्नो इजलासबाट ब्यँुझाइदिएपछि उनी विशेष चर्चाको शिखरमा पुगेका थिए । २०४७ सालको संविधान त्यतिबेला एसियाकै उत्कृष्ट संविधान मानिएको थियो । मुलुकमा भएका पछिल्ला परिवर्तनले त्यतिबेलाको संविधानमा व्यापक संशोधन गर्नुपर्ने आवश्यकता देखियो । ०६२÷६३ को आन्दोलनपछि मुलुक धर्मनिरपेक्ष तथा लोकतान्त्रिक गणतन्त्रमा प्रवेश ग¥यो । दुई पटक संविधानसभाको ऐतिहासिक निर्वाचनले नयाँ संविधान निर्माण गर्ने महान् दिशामा मुलुकमा धेरै उपलब्धिहरु भइसकेका छन् । ती उपलब्धिहरुको रक्षा गर्दै गणतन्त्रलाई संस्थागत गर्ने प्रक्रियामा मुलुक अघि बढिसकेको छ । नयाँ बन्ने संविधानमा उनको प्रतिनिधित्व हुन नसके पनि उनको ओजस्वी छवि नेपाली न्यायिक आकासमा सधैँ अभाव भइरहने छ । न्याय क्षेत्रमा उनले गरेको योगदान सधैँ स्मरणीय छ । न्यायमूर्ति उपाध्याय हामीमाझ नरहे पनि उनले स्थापित गरेका मान्यताहरुले न्याय क्षेत्र सधैँ सम्मानित भइरहने विश्वास लिइएको छ । पूर्वप्रधानन्यायाधीश स्वर्गीय उपाध्यायप्रति भावपूर्ण श्रद्धाञ्जली !

Related Posts

Chitwan Post

वार्ताको पहल स्वागतयोग्य

Chitwan Post

विश्व वन्यजन्तु दिवसको सन्दर्भ

Chitwan Post

शून्य भेदभावको परिकल्पना

Discussion about this post

अन‌ि यो पनि

जिल्लाका प्रमुखहरुलाई उवासंघ–चितवनको स्वागत
समाज

जिल्लाका प्रमुखहरुलाई उवासंघ–चितवनको स्वागत

भरतपुर । उद्योग वाणिज्य संघ–चितवनले बुधबार जिल्लाका नवआगन्तुक प्रमुखहरुको स्वागत गरेको छ । संघले चितवन जिल्लामा सरुवा भएर आएका प्रमुख...

Read more
दूरसञ्चार प्राधिकरणका सेवा सुलभ र भरपर्दो तुल्याउन आग्रह

दूरसञ्चार प्राधिकरणका सेवा सुलभ र भरपर्दो तुल्याउन आग्रह

Chitwan Post

‘बागमती नदीमा सतह बढ्न सक्छ’

बुद्ध एयरले जनकपुर–अयोध्यामा उडान गर्ने

बुद्ध एयरले जनकपुर–अयोध्यामा उडान गर्ने

आफ्नो नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जान्छ : डा महत

आफ्नो नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जान्छ : डा महत

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In