ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

बराह क्षेत्रको यात्रा ः तीतो र मीठो अनुभूति

by चितवन पोष्ट
२०७० माघ १८, शनिबार ०४:११ गते
in साहित्य
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

– केदार कुशल
२०७० साल मार्ग १५ गते बिहान ६ बजे चितवन टाँडीबाट २० जना यात्री लिएर रिजर्भ बस पूर्वतर्फ प्रस्थान ग¥यो । हिन्दू धर्मावलम्बीहरु आफ्नो सनातनी धर्मप्रति आस्थावान् र श्रद्धावान् रहन्छन्, यसमा दुई मत नै छैन । भजन–कीर्तनका साथ गाडी गन्तव्यतर्फ बढिरह्यो, बढी नै
रह्यो । मकवानपुरको हेटौँडा हुँदै ३ नम्बर पुलमा चिया–नास्तापछि बारा, रौतहट, सर्लाही, महोत्तरी, ओखलढुंगा हुँदै धनुषाको ढल्केवारमा खाना खाएर हाम्रो यात्रा अगाडि बढ्यो ।
सिराहा जिल्लाको मिर्चैयाबाट कटारीतर्फ जो उत्तरपट्टि पर्ने रहेछ, मोडियौँ हामी । २३७ किलोमिटर पार गरी कटारी पुगियो, टाँडीबाट । कटारीसम्मको यात्रामा खास कठिनाइ नभएको महसुस गरिरहेका थियौँ । जब उदयुपर जिल्लाको कटारीबाट सुनकोशी नदीतर्फ उकालो चढियो, सबैको हंसले ठाउँ छोडेको अनुभव भयो । यति कठिन चढाइ कि बयान गरी साध्यै रहेनछ । ४४ किलोमिटर पार गरेर सुनकोशी पुगिने रहेछ । उकालो र ओरालो मात्रै त्यसमा पनि छाँगाछुर भीर ! राम–राम भन्दै आँखा चिम्लिनु पर्ने बनायो हामीहरुलाई । बल्लतल्ल बेलुका ५ बजे सुनकोशी पुगियो ।
पंक्तिकारसहित सबै यात्रुहरुको मुख्य उद्देश्य सुनसरीको धरान हुँदै बराह क्षेत्र पुगेर १७ गते बिहान सद्बीउ छरी उसैदिन पितृ तर्पण तथा पिण्डदान गरेर पितृ उद्धार गर्ने थियो । १६ गते बेलुका बराह क्षेत्र पुग्नु नै थियो । मिर्चैयाबाट उत्तर लागेर कटारी हुँदै सुनकोशी जानुको मतलब थियो, खोटाङ जिल्लामा पर्ने हलेसी महादेवको दर्शन गर्नु । शास्त्रीय प्रमाणअनुसार भस्मासुरले लगारिएका महादेव सोही ठाउँमा दगुरेको र गुफाभित्र पसी पृथ्वी फोरेर बाहिर निस्केका थिए भन्ने छ । उनै महादेवको दर्शन गर्न १५ गते पुग्ने र १६ गते बेलुका बराह पुग्ने लक्ष्य थियो । हामीहरुको लक्ष्यमा पानी फेरियो । सुनकोशीको र दूधकोशीको पुल वर्षामा निकालिएको रहेछ, चुनावले गर्दा पुल बनाउन नभ्याइएको रहेछ । आफैँले लगेको गाडी छाडेर अरु दुईवटा गाडी बदल्दै हलेसी पुगेर फर्किंदा १६ गते बेलुका कटारीसम्म बलै आइपुगिने भइयो र बराह क्षेत्रको मूल उद्देश्य पूरा नभै अधुरो रहन जाने हुँदा सुनकोशीमा बास बसेर १६ गते बेलुका बराह क्षेत्र पुगियो । सुनकोशीबाटै हलेसी महादेवको मानसिक पूजा–आरति गरेर
फर्कियौँ । मिर्चैयाबाट सुनकोशीसम्मको ७४ किलोमिटर बाटो निरस र निस्सार बन्यो । सबै यात्री अनभिज्ञ रहियो, पुल छैन भन्ने कुरामा । कहीँकतैबाट पुल नभएको जानकारी नहुँदा दुःख र सास्तीमात्र हात प¥यो ।
हलेसी महादेवको दर्शन गर्न नजुराएको रहेछ भन्नुबाहेक हामीहरुसँग केही चारा रहेन । जहाँबाट मोडिएका थियौँ, त्यहीँ आएर लागियो पूर्वतर्फ । १६ गते बिहानको समय भएको हुँदा कोशी पुल पुगेर मुण्डन र स्नान गरी इटहरी हुँदै धरानको पिण्डेश्वर, बुढासुब्बा, दन्तकाली मन्दिर अवलोकन गर्दै चतरा नहरको छेवैमा रहेको बराह क्षेत्र पुगियो । मिर्चैयाबाट बराह क्षेत्र पुग्न १८५ किलोमिटर पार गर्नुपर्ने रहेछ । यति लामो बाटो यात्रा गर्दा पनि कुनै थकानको महसुस भएन, जति कटारीबाट ४४ किलोमिटर यात्रा गरेर सुनकोशी पुग्दा भएको थियो ।
खानपिन र बास बस्न कुनै समस्या आइपरेन । २०÷२० जनाको जमात हिँड्दा पनि लज पनि प्राप्त भयो र खाना पनि प्राप्त भयो । खानामा विशेष गरेर रोटीलाई नै प्राथमिकतामा राखियो । खाना र बस्न रू. १५० देखि २०० सम्म तिरियो, जुन ठाउँमा जाँदा पनि यही रेट पर्दै गयो । जुग, जमानाअनुसार अति नै न्यून मूल्य हो भन्नुपर्छ ।
१६ गते बेलुका बराह क्षेत्रको धर्मशालामा बास बस्दा अलि नौलो अनुभव भयो । एउटा ठूलो हलमा खाँदाखाँद गरेर कार्पेटको चिसो डसनामा पातला च्यादर ओढेर तानातान गर्दै रात व्यतीत गरियो । बिहान ५ बजे कोका र कौशिकी नदीको संगम स्थलमा स्नान गरेर बिहान ८ बजेसम्म बालाचतुर्दशी रहने भएकाले सद्बीउ छर्ने काम गरियो । ८ बजेपछि त्यही संगमको पवित्र भूमिमा पितृहरुको मुक्तिको कामना गर्दै तीर्थश्राद्ध सम्पन्न गरियो । अत्यन्त पवित्र धामका रुपमा रहेको बराह क्षेत्र मन्दिर परिधिभित्र मूल बराह, लक्ष्मी बराह, पञ्च बराह, इन्द्र बराह, नागेश्वर बराह, गुरू बराह, सूर्य बराह, बद्रि–मुक्तेश्वर बराह, कोका बराह, जय–विजय बराह, गायत्री बराह र गुप्त बराह गरी १२ वटा मन्दिर रहेको पाइयो । सबै दर्शन गर्न हामीहरुलाई असम्भव नै रह्यो । तर पनि मूल बराहको दर्शनबाट पनि शान्ति मिलेको र पितृ उद्धार भएको हामीहरुको ठम्याइ छ ।
भगवान्का २४ अवतारमध्ये तेस्रो बराह अवतार हो भनेर शास्त्रमा उल्लेख गरेको पनि छ र पितृहरुको उद्धार गर्न यही कोका–कौशिकी संगम स्थलमा पहिलो श्राद्ध गर्ने भगवान्
बराह हुन् भनेर उल्लेख गरेको पनि पाइयो । श्राद्ध गर्ने प्रचलन त्यहीँबाट सुरू भएको भन्ने कुरा ब्रह्म पुराण, बराह पुराणमा पनि उल्लेख गरिएको पाइन्छ । हिरन्ड्याक्षले जलभित्र
लगेकी पृथ्वीलाई माथि ल्याएर स्थापना गरेपछि पहिलो तीर्थस्थलका रुपमा रहेको बराह क्षेत्र नै हो भनेर
प्रमाणित छ ।
कोका नदीको महात्म्य पनि अत्यन्त रोचक रहेको छ । कौशिकी नदीको विषयमा शास्त्रहरुमा धेरै ठाउँमा वर्णन गरिएको पाइन्छ । कोका नदीको विषयमा भने बराह पुराणमा उल्लेख भएअनुसार पितृहरुकी पत्नी ऊर्जा (स्वधा) चन्द्रमाकी छोरी हुन् । हिमालय पर्वतको काखमा अवस्थित देवसभा स्थल (अहिले यो स्थानलाई सभापोखरी भनिन्छ र यो संखुवासभा जिल्लामा पर्दछ ।) मा चन्द्रमाको किरणबाट उत्पन्न भएकी कन्याले पितृहरुलाई सभामै रहेको ठाउँमा गई नमस्कार गर्दै उभिएकीले पितृहरुले तिम्रा पति को हुन् ? तिमी को हौ ? (कोवा प्रभु ः ?) कासि ?) भनेर सोधेपछि मेरा पति कोही छैनन्, मेरो नामचाहिँ तपाईंहरुले भनेअनुसार कोवा प्रभु ? कासि ? को पहिलेको अक्षरबाट रहने छ, कोका । यदि स्वीकार गर्नुहुन्छ भने पहिलेको नाउँ ऊर्जा स्वधा भए पनि अब तेस्रो नाउँ कोका नदीले प्रसिद्ध भएको हुँदा तपाईंहरुको पत्नी बन्ने छु ।
पितृहरु मोहित भएर उनलाई पत्नी स्वीकार गरे । चन्द्रमाले आफ्नी छोरीले पितृहरुलाई पति वरण दिए योग भ्रष्ट हुनु परोस् भनेर पितृहरुलाई श्राप दिए भने नदी भएर बस्न परोस् भनेर छोरीलाई श्राप दिए । यसरी श्राप दिँदा मेरी छोरीको नामचाहिँ पतिहरुले राखेको कोका नै हुनेछ भनेको हुँदा कोका नदी बनेर रहिन् । यसरी योग भ्रष्ट भई पतन भएका र राक्षसद्वारा लखेटिँदा जलभित्र लुकेर बसेका पितृहरुलाई उद्धार गरी श्रद्धादि गरेर मुक्ति बराह भगवान्ले दिलाए भन्ने उल्लेख गरेको पाइन्छ । यसरी कोका–कौशिकी नदीमा बसेर आफ्ना पितृहरुको मुक्तिका लागि गरिने तर्पण पिण्डदानले अक्षय फल प्राप्त गर्दछ भनेको हुँदा सबै भक्तहरु यस पवित्र धाममा पुगेर आफ्ना पितृहरुका लागि श्राद्ध गर्ने प्रचलन रहिआएको
पाइन्छ । बराह भगवान्ले पितृहरुलाई तपाईंहरुकी पत्नी स्वधा नै लाखौँ तीर्थस्थलको पुण्य दिने कोका नदीका रुपमा विख्यात भएर मद्वारा पालित हुँदै मेरो नजिकमा बग्नेछिन् भनेकाले बराह क्षेत्र र कोका नदीको मह¤व अझ बढेको मानिन्छ ।
बराह दर्शनं पुण्य पूजनं भुक्ति मुक्तिदम्
कोकासलिललपानं च महापातकनाशनम्
तीर्थेस्वप्लावनं. पुण्यमुपवासश्च स्वर्गद ः
दानमक्षय्यमुदितं जन्ममृत्युजरापहम्
यसरी उल्लेख गरिएका श्लोकहरुबाट पनि बराह पवित्र क्षेत्र चार धाममध्ये एक धाम हो भनेर उल्लेख गरिएको पनि छ । नेपालभित्र चार धाम कुन–कुन हुन् भने बराह क्षेत्र, बेत्रावती, पाशुपत क्षेत्र र रूरू क्षेत्र (रिडी) । यसरी नै छ गया अर्थात् षड्गया भनेर पनि नेपालका पवित्र स्थलहरुलाई लिएको आलेख पाइन्छ । पूर्व गया बराह सुनसरी, उत्तर गया बेत्रावती त्रिशूली । त्यसैगरी, पशुपति क्षेत्र काठमाडौँ, रूरू क्षेत्र (ऋषिकेश) पाल्पा रिडी, मुक्तिक्षेत्र मुस्ताङ र हरिहर क्षेत्र द्यौघाट तनहुँ ।
बराह क्षेत्रको सानो चिनारीपछि अब लागौँ, १७ गतेको यात्रातर्फ । स्नान, दान, सद्बीउ, तर्पण, पिण्डदान सम्पूर्ण कर्म सकेर सातु, पिठो बाँडचुँड गरी खाएर कोशी पुल हुँदै ढल्के आइपुगेर हामीहरुको बस जनकपुरतिर ढल्कियो । रामजानकी विवाहको केही दिनअघि भएकाले जनकपुर धुमधामसँग सजिएको रहेछ । भजन–कीर्तनले गुञ्जायमान जनकपुरले भक्तहरुलाई आकृष्ट गरिरहेको थियो र लठ्याइरहेको थियो । स्वर्णिम आनन्द लिएका भक्तहरुको चाङ देख्दा हामीहरुलाई पनि घर फर्किन त मन थिएन, तर लाचार थियौँ ।
हाम्रो यात्राको निर्धारित समयअनुसार अन्तिम दिन थियो, १७ गते । रामजानकीको दर्शन गर्दै फूल–प्रसाद ग्रहण गरेर रमाइलो र नरमाइलो मान्दै बेलुका ६ बजे त्यहाँबाट प्रस्थान ग¥यौँ । रमाइलो यस मानेमा कि भव्य जनकपुरधामको अवलोकन र रामजानकी दर्शन गर्न पाइयो । नरमाइलो यस मानेमा कि त्यस्तो पवित्र स्थलमा पुगेर पनि फर्किन परेको थियो । एघार जिल्ला पार गर्दै ११३२ किलोमिटर लामो यात्रा पूरा गरी १७ गते राति १ बजे टाँडी चितवन आइपुगेर आ–आफ्नो घरतर्फ लागियो ।
समग्रमा अत्यन्त सफल यात्रा रह्यो त्यो । हलेसी महादेवको दर्शन गर्न जान नसक्दा तीता र अन्यत्रको यात्रा सफल भएकोमा मिठो
अनभूति गर्दै आ–आफ्नो वासस्थानमा भित्रियौँ । अस्तु ।

Related Posts

कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !

वक्तृत्वकलामा जिया प्रथम

ती दिनहरु सिक्किम भ्रमणको सम्झना

ती दिनहरु सिक्किम भ्रमणको सम्झना

राम्रो बानी’ : सन्देशमूलक कृति (कृति समीक्षा)

राम्रो बानी’ : सन्देशमूलक कृति (कृति समीक्षा)

Discussion about this post

अन‌ि यो पनि

चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा
समाज

चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा

सिरहा । विगत केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा...

Read more
दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरना सङ्क्रमण पुष्टि

दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरना सङ्क्रमण पुष्टि

Chitwan Post

जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट

हेटौँडामा आइपुग्यो ‘कोभिसिल्ड’ : बागमती प्रदेशमा ३५ खोप केन्द्रबाट सेवा दिने

हेटौँडामा आइपुग्यो ‘कोभिसिल्ड’ : बागमती प्रदेशमा ३५ खोप केन्द्रबाट सेवा दिने

बढ्दो बलात्कारका घटना

दुवै मिर्गौला फेल भएपछि सहयोगको अपिल

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In