• गृह पृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
22 02 19, Friday
30 °c
Narayani
27 ° Wed
28 ° Thu
25 ° Fri
25 ° Sat
Chitwan Post
No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व
No Result
View All Result
Chitwan Post
No Result
View All Result
गृह पृष्ठ अर्थ

प्रभु पे चौँथो क्यान इन्फोटेक मेला सुरू : ‘प्रविधिको विकासबाटै कृषि क्रान्ति’

चितवन पोष्ट
February 9, 2019
अर्थ, समाचार
नेपालमा सवारी दुर्घटना भयावह : प्रदेश नं ३ को चितवनमा धेरै
0
SHARES
92
VIEWS
Share on FacebookShare on Twitter

भरतपुर । कृषि क्षेत्रको विकासमा सूचना प्रविधिले निकै टेवा पुग्ने प्रदेश ३ का भूमि व्यवस्थापन सहकारी तथा कृषि मन्त्री दावा दोर्जे लामाले बताएका छन् ।

भरतपुरमा आयोजित प्रभु पे चौँथो क्यान इन्फोटेक मेला उद्घाटन गर्दै मन्त्री लामाले अब प्रविधिको प्रयोग गरी सामूहिक खेती गर्ने प्रणालीको विकास गर्नुपर्ने बताए । नेपाल कृषिप्रधान देश भएकाले प्रविधिमार्फत कृषि तथा फलफूलको विकास गरी देशलाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउनुपर्ने उनको भनाइ थियो ।

झट्ट हेर्दा तालमेल नमिलेजस्तो देखिए पनि सबैभन्दा बढी प्रविधिको प्रयोग कृषिमा आवश्यक रहेको र कृषिलाई प्रविधिसँग जोडेर क्रान्ति गर्न आवश्यक रहेको उनले बताए । प्रदेश सरकारले सिन्धुलीमा १२१ बिघा क्षेत्रफल जमिनमा सामूहिक खेती गरी प्रविधि र कृषिको तालमेल गरिरहेको उनले जानकारी दिए ।

सम्बन्धितसमाचार

पद्मोदय पुरूष भलिबल प्रतियोगिता हुने

देवघाटमा सिद्धार्थ बैंकको सेवा

पार्वतीपुरमा पाँचतले आयमूलक भवन बन्ने

कार्यक्रममा कम्प्युटर एसोसिएसन नेपाल महासंघका केन्द्रीय अध्यक्ष हेमन्त चौरासियाले प्रविधिको ज्ञानमात्र राखेर नभई यसको प्रयोग गरेर फाइदा लिनुपर्ने बताए ।

उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल प्रधानले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको विकासले नै देशमा समृद्धि आउने भएकाले त्यसको विकासका लागि प्रविधि अनिवार्य रहेको उल्लेख गरे ।

चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेलले उद्योगी व्यवसायीले प्रविधिको उचित प्रयोग गरी व्यवसाय गर्न सके व्यापार घाटा कम हुने बताउँदै प्रविधिको प्रयोग गरी आफ्नो व्यवसायबाट बढी मुनाफा आर्जन गर्न आग्रह गरे ।

कार्यक्रममा अक्स्फोर्ड कलेजका प्रिन्सिपल हरि भण्डारी, महासंघ प्रदेश नं ५ का अध्यक्ष सुदीप शर्मा, केन्द्रीय उपाध्यक्ष नवराज कुँवरलगायतले मन्तव्य राखेका थिए ।

माघ २९ गतेसम्म सञ्चालन हुने मेलाको पूर्वसन्ध्यामा निजी तथा सामुदायिक विद्यालयका कम्प्युटर शिक्षकलाई कम्प्युटरसम्बन्धी तालिम, आइडिया हन्टलगायतका केही कार्यक्रम सम्पन्न भइसकेको संस्थाका उपाध्यक्ष विष्णु लामिछानेले बताए ।

मेलामा सूचना प्रविधिका साथै हार्डवेयर (कम्प्युटर, ल्यापटप, प्रिन्टर, नेटवर्किङ सामग्रीहरु) सफ्टवेयर, सुरक्षासम्बन्धी सामग्रीहरु, मोबाइल, स्मार्ट टिभीलगायतका ८० बढी स्टल रहेको मेला मूल समितिका संयोजक एवम् संघका शाखा अध्यक्ष भानु शर्माले बताए ।
करिब डेढ लाख जनाले अवलोकन गर्ने र ८० लाख रूपैयाँबराबरको कारोबार हुने मेला आयोजकको लक्ष्य छ ।

ताजा समाचार

२०७५ फागुन १० गते शुक्रबार

February 22, 2019
मानव तस्करीको सञ्जाल तोड

मानव तस्करीको डरलाग्दो रुप

February 22, 2019
सरकारका एक वर्ष : दुर्बलता र सबलता

सरकारका एक वर्ष : दुर्बलता र सबलता

February 22, 2019
विचार समाजवाद र समृद्धिको मुद्दा

विचार समाजवाद र समृद्धिको मुद्दा

February 22, 2019
द फेमस महेन्द्र दल गण फाइनलमा

पद्मोदय पुरूष भलिबल प्रतियोगिता हुने

February 22, 2019

धेरै चोटी पढिएको

  • नारायणी नदीको बाढीसँगै कटान बढेपछि सतर्क रहन आह्वान्

    नारायणी नदीको बाढीसँगै कटान बढेपछि सतर्क रहन आह्वान्

    2951 shares
    Share 2951 Tweet 0
  • राप्तीमा महिलाको रहस्यमय हत्या

    2575 shares
    Share 2575 Tweet 0
  • गाई मारेको आरोपमा तीन पक्राउ

    4 shares
    Share 4 Tweet 0
  • स्थानीय तहमा भ्रष्टाचार न्यूनीकरण र सुशासन

    8 shares
    Share 8 Tweet 0
  • वडाध्यक्षको लगानीमा सडक मर्मत

    1486 shares
    Share 1486 Tweet 0

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स: ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com
  • इपेपर
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०१८ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व

© २०१८ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक