कसरा । विश्व सिमसार दिवसको अवसरमा चितवन १० वटा घडियाल गोही रापती नदीमा छाडिएको छ । फेब्रुअरी २ मा यसवर्ष ‘सिमसार र कृषिः उन्नतिको साझेदार’ भन्ने मुल नाराका साथ मनाइँदै छ । सोही दिवसको अवसर पारेर शुक्रबार भू–संरक्षणमन्त्री टेकबहादुर थापा घर्तीले घडियाल गोही रापतीमा छाडेका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल संरक्षण प्रजनन् केन्द्रमा हुर्किएका ०६२, ०६३ र ०६४ साल व्याचका १० घडियाल गोहीलाई रापतीमा छाडिएको हो । यसरी छाडिएका घडियाल गोहीमा एउटा भाले र नौ वटा पोथी रहेका छन् ।
घडियाल गोहीलाई नदीमा छाडेपछि मन्त्री थापाले वन्यजन्तु संरक्षणमा नेपालले खेलेको भूमिका खेल्दै आएको भन्दै चितवन राष्ट्रिय निकुञ्जको महत्वपूर्ण भूमिका रहेको बताए । उनले निकुञ्जले देशको विकाससँगै पर्यटनको विकासमा समेत योगदान पुगेको उनको भनाइ थियो । अवसरमा बोल्दै माननीयमन्त्रीज्यूले वन्यजन्तु संरक्षणमा नेपालले खेलेको भूमिका विश्वमै अग्रणी स्थानमा रहेको र चितवन राष्ट्रिय निकुञ्जले राष्ट्रको सर्वाङर्गीण विकास तथा पर्यटन विकासमा खेलेको भूमिका अतुलनीय रहेको भनाइ व्यक्त गर्नुभयो ।
कार्यक्रममा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मेघबहादुर पाण्डेको उपस्थिति रहेको थियो । घडियाल गोहीको प्राकृतिक वासस्थानमा एक प्रतिशत मात्र घडियालगोहीको प्राकृतिक वासस्थानमा १ प्रतिशतमात्र जिवित दर रहेको भन्दै निकुञ्जका सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले घडियालको संरक्षणमा स्थानीय समुदायको समेत सहयोग आवश्यक रहेको बताए ।
Discussion about this post