• गृह पृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
22 02 19, Friday
30 °c
Narayani
27 ° Wed
28 ° Thu
25 ° Fri
25 ° Sat
Chitwan Post
No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व
No Result
View All Result
Chitwan Post
No Result
View All Result
गृह पृष्ठ प्रमुख समाचार

भेनेजुयलाका विषयमा प्रचण्डको स्पष्टोक्ति : ‘आफ्नो वक्तव्यमा अडिग छु’

चितवन पोष्ट
February 8, 2019
प्रमुख समाचार, समाचार
शारदानगर–चनौली खण्ड : निकास पाउँदै धुलाम्मे सडक

चितवनका वामपन्थी नेता स्व. भुवानीप्रसाद पौडेलको श्रद्धाञ्जली सभामा अध्यक्ष प्रचण्ड । तस्बिर ः रासस

0
SHARES
107
VIEWS
Share on FacebookShare on Twitter

भरतपुर । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुयलाका विषयमा आफूले जारी गरेको विज्ञप्तिमा अडिग रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यो वक्तव्य एउटा राजनीतिक वक्तव्य भएको स्पष्ट पारे । एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिर कतैबाट हस्तक्षेप नहोस् भन्ने उद्देश्यले विज्ञप्ति जारी गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले थपे, “परराष्ट्र मन्त्रालयबाट जो स्टेटमेन्ट जारी भयो त्यो पनि मूलतः त्यही स्प्रिटमा नै आयो ।”

मङ्गलबार प्रधानमन्त्रीसमेतको सचिवालयको बैठक बसेर पनि हस्तक्षेपको विरोधमा नै विज्ञप्ति जारी भएकाले अब अरु कुराको अर्थ केही नलाग्ने उनले बताए । पार्टी र परराष्ट्र मन्त्रालयबाट पनि स्पष्ट पारिसकेको उनले उल्लेख गरे । आफूले विज्ञप्ति जारी गरिसकेपछि केही मिडियामा फसाइयो भनेर आएपछि पुनः स्पष्टसमेत पारिएको उनले बताए ।

सम्बन्धितसमाचार

पद्मोदय पुरूष भलिबल प्रतियोगिता हुने

देवघाटमा सिद्धार्थ बैंकको सेवा

पार्वतीपुरमा पाँचतले आयमूलक भवन बन्ने

अर्को एक सन्दर्भमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री देशबाहिर भएका बेला विभिन्न देशका राजदूतहरुले शान्ति प्रक्रियाका विषयमा जारी गरेको विज्ञप्तिलाई नेपालको मामिलामाथिको अनावश्यक चासोको अभिव्यक्ति भएको दाहालको टिप्पणी थियो ।

दाहालले सरकारले जनताको पक्षमा नयाँ नयाँ काम गरिरहेको बताए । उनले भने, “सरकारले लगातार गति पक्रन थालेको छ । तपाईं हेर्दै जानुस् केही समयपछि अझै तीव्रता पाउँछ ।” पत्रकारको अर्को एक प्रश्नमा दाहालले सकेसम्म यही महिनाभित्र नभए फागुनको पहिलो साताभित्र पार्टीको तल्लो तहसम्म एकता भइसक्ने बताए । कार्यदलले रिपोर्ट दिएपछि एकता टुङ्ग्याएर अभियानमा लाग्ने उनको भनाइ छ । फागुन र चैत महिनामा पार्टीले गरेका कामसमेतलाई जानकारी गराउँदै गाउँगाउँमा अभियान गरिने उनले बताए ।

आफ्नो क्षेत्रमा धेरै काम भएको भन्ने प्रश्नमा उनले सबै योजना अहिलेको नभएर पूर्ववर्ती सरकारको पालाको भएको प्रस्ट पारे । आफ्नै निर्वाचन क्षेत्रमा पर्ने माडीवासीको समस्याको विषयमा प्रधानमन्त्रीसमेत सकारात्मक हुनु भएको भन्दै उनले माडीको विकास, जनताको सुरक्षा र निकुञ्जको विषयमा ठोस कदम चाल्न लागिएको बताए ।

यसैबीच पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ बिहीबारै पुराना वामपन्थी नेता भुवानीप्रसाद पौडेलको छैटौँ दिनको पुण्य तिथिमा स्वर्गीय पौडेलकै निवासमा पुगी श्रद्धाञ्जली व्यक्त गरेका छन् । सो अवसमा उनले स्व पौडेलले पार्टीलाई पु¥याएको योगदानको चर्चा गरेका थिए ।
प्रचण्डले भने, ‘आफ्नो राजनीतिक यात्रामा माडीमा बस्ने घर पौडेलको रहेको थियो ।’ स्वर्गीय पौडेलले विसं २०३६ को आन्दोलनपछिका समयमा पार्टी पंक्तिमा रहेर खेलेको भूमिका सराहनीय रहेको बताए ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश नं ३ का अध्यक्ष नारायण दाहाल, नेत्रप्रसाद पाठक, प्रेम रिमाल, स्व. पौडेलका जेठा छोरा सन्देश पौडेललगायतले स्व पौडेलका बारेमा बोलेका थिए ।

विसं २००५ मङ्सिर २७ गते स्याङ्जामा जन्मिएका पौडेलको यही माघ १९ गते मृत्यु भएको थियो । पौडेल जिल्लाका अग्रणी कम्युनिष्ट नेता थिए ।

श्रीनाथको स्वास्थ्यबारे जानकारी

यसैबीच पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ले क्यान्सरपीडित नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीसँग भेट गरेका छन् ।

भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत नेकपा (क्रान्तिकारी माओवादी)का ४ नं प्रदेश (गण्डकी प्रदेश)का सचिवसमेत रहेका अधिकारीको अध्यक्ष प्रचण्डले बिहीबार स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

घाँटीमा अचानक समस्या देखिएपछि पोखराको एक अस्पतालमा चेकजाँच गर्न पुगेका नेता अधिकारीलाई क्यान्सरको शङ्का गरी पोखराले १९ पुसमा थप उपचारका लागि भरतपुर क्यान्सर अस्पताल रेफर गरेको थियो ।

 

ताजा समाचार

२०७५ फागुन १० गते शुक्रबार

February 22, 2019
मानव तस्करीको सञ्जाल तोड

मानव तस्करीको डरलाग्दो रुप

February 22, 2019
सरकारका एक वर्ष : दुर्बलता र सबलता

सरकारका एक वर्ष : दुर्बलता र सबलता

February 22, 2019
विचार समाजवाद र समृद्धिको मुद्दा

विचार समाजवाद र समृद्धिको मुद्दा

February 22, 2019
द फेमस महेन्द्र दल गण फाइनलमा

पद्मोदय पुरूष भलिबल प्रतियोगिता हुने

February 22, 2019

धेरै चोटी पढिएको

  • नारायणी नदीको बाढीसँगै कटान बढेपछि सतर्क रहन आह्वान्

    नारायणी नदीको बाढीसँगै कटान बढेपछि सतर्क रहन आह्वान्

    2951 shares
    Share 2951 Tweet 0
  • राप्तीमा महिलाको रहस्यमय हत्या

    2575 shares
    Share 2575 Tweet 0
  • गाई मारेको आरोपमा तीन पक्राउ

    4 shares
    Share 4 Tweet 0
  • स्थानीय तहमा भ्रष्टाचार न्यूनीकरण र सुशासन

    8 shares
    Share 8 Tweet 0
  • वडाध्यक्षको लगानीमा सडक मर्मत

    1486 shares
    Share 1486 Tweet 0

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स: ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com
  • इपेपर
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०१८ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व

© २०१८ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक