रत्ननगर । पूर्वी चितवनका निजी विद्यालयहरुको साझा संगठन सोसेब्स चितवनको शुक्रबार सम्पन्न सातौँ बार्षिक साधारण सभाले पुनः बालहरि देवकोटाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको प्रथम उपाध्यक्षमा मदन पुरी, द्धितीय उपाध्यक्षमा गोकुल सिलवाल, सचिवमा ईन्द्रबहादुर अधिकारी, कोषाध्यक्षमा पुष्पराज श्रेष्ठ, सहसचिवमा शिव उप्रेती चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा पशुपति शर्मा, ईश्वर तिवारी, युवराज पंगेनी, गणेश नेपाल, अन्जु भट्टराई, राजु चौधरी र दुर्गाबहादुर बस्नेत चयन हुनुभएको छ ।
प्याब्सन चितवनका अध्यक्ष बेलबहादुर गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्याब्सन चितवनका सल्लाहकार लेखनाथ खनाल, संस्थागत विद्यालय अभिभावक संघ चितवनका अध्यक्ष राजेन्द्र न्यौपाने, संस्थापक अध्यक्ष दुर्गा पुरी, सोसब्सका उपाध्यक्ष महेश्वर लामिछानेलगायतले बोल्नुभएको थियो ।
Discussion about this post