ADVERTISEMENT
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

राज्यकोषको ब्रह्मलुट नगर

by चितवन पोष्ट
२०७० माघ १७, शुक्रबार ०४:१४ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

सरकारी ढुकुटीको तालाचाबी बोक्ने जिम्मा लिएका अर्थमन्त्री शङ्कर कोइरालाले राज्यकोषको रकम जथाभावी बाँडेर ब्रह्मलुट गरिरहेको खबर बाहिर आएको छ । चुनावी मन्त्रिपरिषद् सरकारमा अर्थको जिम्मेवारी पाएका कोइरालाले मुलुकको ढुकुटीको रकम व्यक्तिगत जसरी खर्च गरेपछि विवादमा तानिएका छन् । उनले पूर्वन्यायाधीश, जोगी–सन्न्यासी, मठमन्दिर र सामाजिक संघसंस्थालगायतलाई राज्यकोषको दुरूपयोग गरेको पाइएको छ । सरकारी कर्मचारीलाई उपचार खर्चबापत पाँच लाखसम्म दिन पाइने नियमविरूद्ध उनले लाखौँ रकम स्वीकृत गरिदिएका छन् । धर्मकर्ममा लागेर उच्च पदमा पुगेको ठान्ने कोइरालाले आफ्ना गुरू कमलनयनाचार्यलाई पनि साढे तीन करोड प्रदान गरेर आलोचना खेपिरहेका छन् । उनले भक्तपुरस्थित गुरूको आश्रमनजिकैको खोलामा तटबन्ध बनाउन उक्त रकम सहयोग गरेको पाइएको छ । बजेटमा समेत नपरेको उक्त रकम ‘गुरूदक्षिणा’ स्वरुप समर्पण गरेको पाइएपछि राज्यकोषको ब्रह्मलुट भएको प्रमाणित भएको छ ।
कोइराला पूर्वप्रशासक हुन् । उनलाई राज्यकोषको रकम खर्च गर्नुअघि गम्भीर सोचविचार गर्नुपर्ने ज्ञात पनि छ । भरसक खर्च गर्न नपर्ने वा कम गर्ने विधिका बारेमा पनि यथेष्ट जानकारी छ । मनपरी ढंगबाट पैसा बाँड्नु आफ्नो पदीय दृष्टिकोणबाट पनि जायज हुन सक्दैन । अर्थ मन्त्रालयका कर्मचारीले जथाभावी पैसा बाँड्नुहुन्न भनेर रोक्न खोजे पनि उनले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएर सोझै मन्त्रिपरिषद्बाट निर्णय गराउनु पदीय दुरूपयोग हो । यो एक किसिमको खुल्ला भ्रष्टाचार पनि हो । तर, मन्त्रिपरिषद्को निर्णय अख्तियारले हेर्न नमिल्ने कारण उनले यो श्रृंखला जारी राखेका छन् । कोइराला पूर्वप्रशासकका हैसियतमा अर्थमन्त्रीको जिम्मेवारी पाएका हुन् । दलका मन्त्रीहरुलाई जस्तो जनताका माझमा जान नपर्ने र संसद्प्रति जिम्मेवार हुनु नपर्ने कारण ‘आफ्नो हात जगन्नाथ’ गरिरहेको स्वयं अर्थ मन्त्रालयका अधिकारीहरुको अनुभवले उनको रबैया छर्लङ्ग भएको छ । उनलाई विदेश भ्रमण र आफू सहभागी हुने हरेक सार्वजनिक कार्यक्रममा देखाएको ‘आर्थिक उदारता’ले थप आलोचित बनाएको छ ।
राजनीतिक दलबाट मन्त्री भएकाहरुले विगतमा अर्थ मन्त्रालयबाट आफ्ना आसेपासे तथा पार्टीका नेता, कार्यकर्तालाई मनपर्दी ढंगले पैसा बाँडेका धेरै उदाहरण छन् । तर, पूर्वप्रशासकका हैसियतले सरकारमा सहभागी भएका मन्त्रीले रकम दुरूपयोग गर्नुहुँदैन । दलहरुले सहमति गर्न नसकेर दलबाहिरबाट चुनाव गराउन बनेको अन्तरिम सरकारमा सहभागी हुँदा कोइरालाको उचाइ बढेको थियो । मन्त्रिपरिषद्ले संविधानसभाको दोस्रो चुनाव सफलतापूर्वक सम्पन्न गराएर प्रशंसा पाइरहेको बेलामा उनको छविमा प्रश्नचिन्ह खडा हुनु पक्कै पनि दुःखको कुरा हो । सरकार हस्तान्तरण गरेर बिदाइ हुने बेलामा विवादमा तानिनु उचित होइन । अर्थमन्त्रीले राज्यकोष दुरूपयोग गर्न खोजे अर्थसचिवले हस्तक्षेप गर्नुपर्छ । विगतमा पनि अर्थसचिव रामेश्वर खनालले तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको कार्यशैलीविरूद्ध हस्तक्षेप गरेका थिए । मन्त्री–सचिवको मनमुटावले खनालले राजीनामा दिएर अर्थ मन्त्रालयभित्रका अनियमितता बाहिर ल्याएका थिए । आगामी दिनमा जुनसुकै अर्थमन्त्रीले राज्यकोषलाई ‘लुटको धन फुपूको श्राद्ध’ नठानी सक्दो सदुपयोग गर्नु जरूरी देखिएको छ ।

Related Posts

Chitwan Post

सुरक्षित रहौँ, सचेतना अपनाऔँ

Chitwan Post

पत्रकार महासंघको नयाँ नेतृत्वबाट अपेक्षा

Chitwan Post

जनआन्दोलन दिवसले दिएको सन्देश

Discussion about this post

अन‌ि यो पनि

चेपाङ गाउँमा शैक्षिक प्रगति : एउटै कक्षामा पटकपटक पढ्ने बाध्यता हट्यो
प्रमुख समाचार

राप्ती नगरपालिकामा ट्याक्टर पल्टँदा कम्तीमा पाँच जनाको मृत्यु

भण्डारा । घर ढलान गरेर फर्केका मजदुरहरु चढेको ट्याक्टर दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा २०...

Read more
बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा दुई दिनमा १० जना संक्रमित

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In