ADVERTISEMENT
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

स्वास्थ्य बिगार्ने वस्तुबाट अरबौं राजश्व

by चितवन पोष्ट
२०७० माघ १७, शुक्रबार ०४:१० गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । आन्तरिक राजश्व कार्यालय भरतपुरले यो आर्थिक वर्षको आधा अवधि अर्थात् साउनदेखि पुससम्म तीन अर्ब ६७ करोड रूपैयाँ राजश्व उठायो । यसरी उठ्ने राजश्वको ठूलो हिस्सा मदिरा, चुरोट, खैनी र गुट्खाजस्ता बस्तुबाट आउने अन्तःशुल्क रहन्छ ।
आन्तरिक राजश्व कार्यालयबाट प्राप्त जानकारीअनुसार अन्तःशुल्कबाट यो आर्थिक वर्षको छ महिने अवधिमा दुई अर्ब ९९ करोड ६३ लाख ८२ हजार रूपैयाँ उठेको छ । यो अवधिको कुल राजश्व संकलन तीन अर्ब ६७ करोड ६४ लाख ५४ हजार रूपैयाँ रहेको छ ।
मदिरा, चुरोट र गुट्खाजस्ता पदार्थ मानव स्वास्थ्यका लागि हितकर छैनन् । त्यसैले यस्ता वस्तुको उपभोगलाई निरूत्साहित गर्न सरकारले कर लगाउने गरेको छ । अन्तःशुल्क लाग्ने यस्ता पदार्थ बेच्नका लागि पनि राजश्व कार्यालयबाट इजाजतपत्र लिनुपर्छ ।
मानवका लागि नकारात्मक प्रभाव पार्ने पदार्थ भए पनि उपभोग नरोकिँदा राजश्व संकलनमा लगभग एकछत्र हिस्सा यस्ता पदार्थका उत्पादक र बिक्रीकर्ताबाट उठ्ने गरेको तथ्याङ्कले देखाएको छ । अन्तःशुल्कको ठूलो हिस्सा बियरले ओगटेको हुन्छ ।
भरतपुरको आन्तरिक राजश्व कार्यालयको क्षेत्राधिकारभित्र चितवनसहित नवलपरासीको दाउन्ने पूर्वका भूभाग पर्छ । देशका ठूला वियर उद्योगहरु यही नै पर्छन् । त्यसैले यहाँको राजश्व कार्यालयमा उल्लेख्य मात्रामा राजश्व संकलन हुन सकेको हो ।
कार्यालयका अधिकारीहरुका अनुसार यहाँ संकलन हुने कुल राजश्वमध्ये ६० प्रतिशतभन्दा धेरै हिस्सा नवलपरासीको खण्डबाट उठ्ने गरेको छ । गोरखा ब्रुअरी, चौधरी उद्योग ग्राम, सुमि डिस्टिलरीजस्ता ठूला उद्योगहरु नवलपरासी खण्डमा रहेका छन् ।
अन्तःशुल्कपछि मूल्य अभिवृद्धि कर (भ्याट) र आय कर बढी  छ । पछिल्लो छ महिने अवधिमा भ्याट ३० करोड ७१ लाख १७ हजार रूपैयाँ उठ्ने गरेको छ । त्यस्तै आयकर, ३० करोड १२ लाख ३३ हजार रूपैयाँ संकलन भएको छ । बहाल कर र व्याज करलाई पनि आय कर नै मानिने गरिन्छ । यो अवधिमा बहाल कर दुई करोड ७३ लाख ६० हजार रूपैयाँ उठेको छ ।
त्यस्तै बहाल कर एक करोड ८३ लाख ८० हजार रूपैयाँ उठ्ने गरेको छ । आयकर, बहाल कर र व्याज करसहित कुल आयकर ३४ करोड ६९ लाख ७३ हजार पुग्छ ।
कुल आयकरले भ्याटलाई पनि उछिनेको छ । वार्षिक ४० करोड रूपैयाँभन्दा कम करोबार गर्नेहरुले मात्रै भरतपुरको आन्तरिक राजश्व कार्यालयमा आयकर र भ्याट बुझाउने गर्छन् । कार्यालय प्रमुख प्रेम उपाध्यायका अनुसार अरूले ठूला करदाता केन्द्रमा बुझाउने प्रचलन छ ।
अन्तःशुल्क, आयकर र भ्याटबाहेक अरू क्षेत्रमा न्यून मात्रामा राजश्व संकलन हुने गरेको छ । स्वास्थ्य सेवा कर एक करोड ८२ लाख र शिक्षा सेवा शुल्क ७७ लाख छ हजार रूपैयाँ उठेको राजश्व कार्यालयले जानकारी दिएको छ ।
आन्तरिक राजश्व कार्यालयमा ३० हजारले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् । त्यस्तै २७ सय व्यवसायिक प्रतिष्ठान भ्याटमा दर्ता भएका छन् । यो आर्थिक वर्षमा आन्तरिक राजश्व कार्यालयले सवा आठ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ ।

Related Posts

थारु अगुवा अजितरामप्रति श्रद्धाञ्जली

थारु अगुवा अजितरामप्रति श्रद्धाञ्जली

उज्ज्वल साकोसको अध्यक्षमा घिमिरे

उज्ज्वल साकोसको अध्यक्षमा घिमिरे

समुदाय-प्रहरी साझेदारीअन्तर्गत सरसफाइ र प्रशिक्षण कार्यक्रम

समुदाय-प्रहरी साझेदारीअन्तर्गत सरसफाइ र प्रशिक्षण कार्यक्रम

Discussion about this post

अन‌ि यो पनि

विजय कोअपरेटिभ स्कुल प्रथम
खेलकुद

विजय कोअपरेटिभ स्कुल प्रथम

मेघौली । संस्थागत विद्यालय समन्वय बोर्ड पश्चिम चितवनको आयोजनामा अन्तर विद्यालय खेलकुद रिले तथा दौड प्रतियोगितामा विजय कोअपरेटिभ स्कुल प्रथम...

Read more
चितवन निकुञ्जको हात्तीसार र पोष्टमै पुगेर उपचार

चितवन निकुञ्जको हात्तीसार र पोष्टमै पुगेर उपचार

थारु अगुवा अजितरामप्रति श्रद्धाञ्जली

थारु अगुवा अजितरामप्रति श्रद्धाञ्जली

निर्वाचन कार्यक्रम स्थगित : तयारीमै गुम्यो झन्डै चार लाख

निर्वाचन कार्यक्रम स्थगित : तयारीमै गुम्यो झन्डै चार लाख

निर्वाचन कार्यक्रम स्थगित : तयारीमै गुम्यो झन्डै चार लाख

सिडिओ भट्टराईको चितवन बसाइँ : ‘कहिले निर्मम त कहिले समन्वयकारी’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In