ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

दर्ता हुँदैनन् मानव बेचबिखनका घटना

by चितवन पोष्ट
२०७० माघ १७, शुक्रबार ०४:१० गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । नेपालमा मानव बेचबिखन तथा अवैध ओसारपसारका घटनाहरु बढे पनि यस्ता घटनाको उजुरी दर्ता नै नहुने गरेको कानुन व्यवसायीहरुले बताएका छन् ।
जागिरको प्रलोभनमा होस् वा वैदेशिक रोजगारको आश्वासनमा मानव बेचबिखन भएको घटना आएपनि प्रहरीले यस्ता घटनाको उजुरी नै दर्ता गर्न नमान्ने गरेको सरोकारवालाहरुले बताएका छन् ।
कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) को आयोजनामा बिहीबारदेखि चितवनमा सुरू भएको प्रशिक्षण कार्यक्रममा कानुन व्यवसायी फूलमाया रानाभाटले कानुनी धारा जानकारी गराउँदा समेत दर्ता नहुने गरेको दुखेसो पोख्नुभयो ।
दैनिक रूपमा यस्ता घटना घटेपनि वर्षाैसम्म चितवनमा समेत ३, ४ भन्दा बढी मुद्दा अगाडि बढ्न नसकेको उहाँले बताउनुभयो । प्रहरीमा समेत यस्ता मुद्दा न्यून छ । कतिपय स्वयं पीडितहरुलाई डर र त्रासमा पार्ने गरेको तथा कतिपय सरकारी अधिकारीहरुकै साथ नपाएको सम्बद्ध व्यक्तिहरुले बताएका छन् ।
सेलर्डको आयोजनामा बिहीबारदेखि चितवनमा मानव बेचबिखन तथा   ओसारपसार अपराधविरूद्ध सरोकारवालाहरुका लागि अवधारणागत स्पष्टतासम्बन्धी तीनदिने प्रशिक्षण सुरू भएको छ । प्रशिक्षणका क्रममा कानुनका प्राध्यापक एवम् सेलर्डका सचिव अञ्जनकुमार दाहालले नेपालमा हरेक ५ मानिसमध्ये तीन जनाले विदेश जान चाहाने गरेको तथ्याङ्क प्रस्तुत गर्दै यहीँबाट बेचबिखन सुरू हुने बताउनुभयो ।
उहाँले आर्थिक, सामाजिक, राजनीतिक फितलो कानुनलगायत तत्वले मानिसलाई बेचबिखनमा उन्मुख गराएको बताउनुभयो । उहाँले ती व्यक्तिको आवश्यकतालाई मध्येनजर गरी गिरोहहरु संगठित रुपमा सक्रिय हुने गरेको बताउनुभयो ।
कानुनको अनविज्ञताका कारण पनि अर्काे समस्या निम्तिरहेको सेलर्डका कार्यक्रम व्यवस्थापक राममणि गौतमले बताउनुभयो । उहाँले नेपालको प्रहरी संयन्त्रमा भएका अनुसन्धान प्रक्रियाभन्दा पनि आधुनिक प्रविधिका साथ बेचबिखनमा सहभागी हुने गरेको बताउनुभयो ।
सरकारले यसलाई संगठित अपराधको रुपमा परिभाषा गरेको उल्लेख गर्दै गौतमले मानव बेचबिखन, मानव तस्करी तथा ओसारपसारका विषयहरुमा समेत ज्ञान राख्नुपर्नेमा जोड दिनुभयो । ज्ञानकै अभावमा पनि कतिपय अभियुक्तविरूद्ध मुद्दा अगाडि बढ्न नसकेको उहाँको भनाइ छ ।

Related Posts

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह

कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह

१५ दिने निःशुल्क ड्राइभिङ्ग तालिमको उद्घाटन

१५ दिने निःशुल्क ड्राइभिङ्ग तालिमको उद्घाटन

Discussion about this post

अन‌ि यो पनि

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग
समाज

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

गैँडाकोट । नवलपरासी (पूर्व) गैँडाकोट नगरपालिका वार्ड नं ४ निवासी समाजसेवी ओमबहादुर पुन मगरले यही माघ १५ गते परेको आफ्नो...

Read more
कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह

कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह

१५ दिने निःशुल्क ड्राइभिङ्ग तालिमको उद्घाटन

१५ दिने निःशुल्क ड्राइभिङ्ग तालिमको उद्घाटन

चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा

चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा

दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरना सङ्क्रमण पुष्टि

दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरना सङ्क्रमण पुष्टि

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In