ADVERTISEMENT
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

त्रिवेणी मेलामा भक्तजनको घुइँचो

by चितवन पोष्ट
२०७० माघ १७, शुक्रबार ०४:०९ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

कावासोती । ऐतिहासिक एवम् धार्मिकस्थल त्रिवेणीधाममा बिहीबार बिहानैदेखि माघी औंशी मेलामा आउनेको घुइँचो लागेको छ ।
नारायणी, स्वर्णभद्रा, पूर्णभद्रा नदीको सङ्गम स्थलको रूपमा रहेको त्रिवेणीमा मोक्ष प्राप्तिका लागि माघे औंशीमा स्नान गर्न आउनेको घुइँचो हुने गरेको हो ।
यसवर्ष नेपालका भन्दा भारतका तीर्थालुहरू त्रिवेणीमा बढी आएका छन् । रूपन्देही, चितवन, पाल्पा, स्याङ्जा, धनुषालगायका जिल्लाबाट तिर्थालुहरू यहाँ आउने गरेका हुन् । बर्सेनि आउने तीर्थालुको व्यवस्थापनका लागि त्रिवेणी गाविसले  मेलाको आयोजना गर्ने गरेको गाविस सचिव गोपालप्रसाद भट्टराईले बताउनुभयो ।
सीता पाताल गएको र लवकुशको जन्मभूमि भएकाले त्रिवेणीलाई हिन्दू धर्मालम्बीहरूले महत्वका साथ हेर्ने गर्दछन् । त्रिवेणीधाममा आउने तीर्थालुको व्यवस्थापनका लागि गण्डक ब्यारेजदेखि गजेन्द्रमोक्षधामसम्म लाइन लागेको छ ।
सुरक्षा व्यवस्थाका निम्ति सशस्त्र प्रहरीहरू खटाइएको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताउनुभयो । मेला व्यवस्थापनका लागि स्थानीयस्तरमा स्वयम्सेवकहरू खटाइएको छ । बाल्मिकी आश्रम आउ÷जाउ गर्न डुङ्गाको व्यवस्थापन गरिएको छ । नारायणी नदी पारी चितवन राष्ट्रिय निकुञ्जमा रहेको आश्रममा पुग्ने भक्तजनहरूका लागि डुङ्गाको व्यवस्था गरिएको छ
भगवान विष्णुले हात्ती पानी खान जाँदा गोहीले आक्रमण गर्दा सुदर्शन चक्र प्रहार गरी हात्तीलाई मोक्ष दिलाएको पुराणहरूमा वर्णित छ । यस वर्ष चार लाख तीर्थालुहरू त्रिवेणीमा आएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने भए पनि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले जान नदिएपछि हजारौं तीर्थालु बाल्मिकी आश्रम पुग्न सकेका छैनन् । सवारी प्रयोग गर्न नपाएपछि डुङ्गाको प्रयोग गर्ने गरिएको  छ ।

Related Posts

अझै तीन दिन मौसम बदली हुने

अझै तीन दिन मौसम बदली हुने

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

पिसिआरमा बढी रकम असुलेको आरोप : चितवनका दुई अस्पताल कारबाहीमा

बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

Discussion about this post

अन‌ि यो पनि

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम
अर्थ

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम

भरतपुर । भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा समावेश बहुप्रतीक्षित आयोजना सिटी हल निर्माणको कार्य धमाधम हुन थालेको छ । उपयुक्त स्थानको...

Read more
अझै तीन दिन मौसम बदली हुने

अझै तीन दिन मौसम बदली हुने

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

पिसिआरमा बढी रकम असुलेको आरोप : चितवनका दुई अस्पताल कारबाहीमा

बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

कावासोतीको चक्रपथ सुस्त गतिमा

कावासोतीको चक्रपथ सुस्त गतिमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In