नारायणगढ । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको सालिक ढालिएका स्थानमा पुनर्निमाण गर्नेबारे बिहीबार नारायणगढमा अन्तत्र्रिmया कार्यक्रम भएको छ ।
कार्यक्रममा पृथ्वीनारायण शाह नेपालको इतिहास भएको र उनका सालिक ढालेर इतिहास मेट्ने काम भएको सहभागीहरुले बताएका छन् । शाहलाई उपेक्षा गरिए राष्ट्र, राष्ट्रियता र स्वाधीनता धरापमा पर्ने भन्दै उनीहरुले नेपालको अखण्डता र नेपालीको पहिचानसमेत गुम्ने वरिष्ठ पत्रकार युवराज गौतमले बताए ।
त्यस्तै, इतिहास विश्लेषक पेसल निरौलाले नेपालीहरु जुनसुकै पार्टी समूह, दलमा बाँडिए पनि इतिहासले कहिल्यै झुटो नगर्ने बताए । कार्यक्रममा चितवनका पत्रकारहरु तथा स्थानीय बुद्धिजीवीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रम ओम मिष्ठान्न भण्डारको परिसरमा सञ्चालक सरोज ढकालले सञ्चालन गर्नुभएको थियो ।
Discussion about this post