ADVERTISEMENT
९ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
९ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चितवनमा अण्डाको मूल्य निर्धारण

by चितवन पोष्ट
२०७० माघ १६, बिहीबार ०३:०१ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

eggभरतपुर । चितवनमा कुखुराको अण्डा उत्पादनमा ह्रास आएसँगै मूल्यमा एकरूपता नदेखिएपछि अण्डा उत्पादक सङ्घले मूल्य निर्धारण गरेको छ ।
सङ्घले अहिले ठूलो अण्डा प्रतिक्रेट फार्म मूल्य २९० र बिक्री मूल्य २९५ तय गरेको छ । यस्तै सानो अण्डा प्रतिक्रेट फार्म मूल्य २७५ र बिक्री मूल्य २८० तोकिएको अण्डा उत्पादक सङ्घ चितवनले जनाएको छ । सङ्घले सार्वजनिक सूचना नै जारी गरेर तोकेको मूल्यभन्दा घटी या बढीमा बिक्री नगर्न पनि सबैमा अनुरोध गरेको छ ।
एक क्रेटमा ३० पिस अण्डा हुन्छ । अण्डामा मनोमानी मूल्य देखिएकाले नियन्त्रणका लागि मूल्य तोकिएको व्यवसायीले बताएका छन् । अहिले चितवनमा ५० प्रतिशतले अण्डा उत्पादनमा कमी आएको छ । त्यसैले विगत चार महिनाको अन्तरालमा अण्डाको मूल्य एक्कासि बढेको छ ।
अहिले उपभोक्ताका लागि भने रु ३३० सम्ममा बिक्री भइरहेको चितवनका एक उपभोक्ता रामकुमार अधिकारीले बताउनुभयो । जिल्लामा हाल प्रतिगोटा रु १२ का दरले अण्डाको खुद्रा बिक्री भइरहेको छ । अघिल्लो वर्ष अण्डा प्रतिक्रेट २३५ देखि २४० सम्ममा बिक्री हुने गरेको थियो ।
चितवनमा अण्डाकै लागि व्यवसाय सुरु गरेका करिब एक हजार ५०० किसान रहेका छन् । रोगको सङ्क्रमणसँगै उत्पादन कमी भएर व्यवसायमा घाटा व्यहोर्न पुगेका कृषकमा अहिले भाउ केही उकालो लाग्न थालेपछि आशा पलाएको पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार साविकको रूपमा अण्डा उत्पादन हुन अझै केही महिना लाग्ने छ । चितवन अण्डा उत्पादनका दृष्टिले नेपालकै अग्रभागमा पर्छ । चितवनमा गएको वर्ष दैनिक १२ हजार कार्टुन अण्डा उत्पादन हुने गरेकोमा अहिले मुस्किलले आधामात्रै उत्पादन हुने गरेको छ ।

Related Posts

साहूबाट चर्को व्याजदरमा ऋण लिने चलन हट्दै

गैँडाको आक्रमणबाट निधन भएका परिवारलाई राहत

कोरोना भाइरसबाट ३ करोड ७८ लाख संक्रमित, १० लाख ८२ हजार बढीको मृत्यु

नेपालमा थपिए ३०२ जना नयाँ संक्रमित

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

Discussion about this post

अन‌ि यो पनि

विद्यालयलाई युथ क्लबको सहयोग
प्रमुख समाचार

६ महिनामा २१ प्रतिशत मात्र जिल्लाको विकास खर्च

चितवन, ९ माघ । जिल्लामा विकास निर्माणका लागि संघीय सरकारबाट विनियोजित बजेट अपेक्षाकृत रुपमा खर्च हुन सकेको छैन । चालु...

Read more
साहूबाट चर्को व्याजदरमा ऋण लिने चलन हट्दै

गैँडाको आक्रमणबाट निधन भएका परिवारलाई राहत

कोरोना भाइरसबाट ३ करोड ७८ लाख संक्रमित, १० लाख ८२ हजार बढीको मृत्यु

नेपालमा थपिए ३०२ जना नयाँ संक्रमित

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

भारतमा कोभिड–१९ को कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In