सौराहा । प्रणयदिवस एवम् ‘भ्यालेन्टाइन डे’ मनाउने युवायुवती तथा पर्यटकहरुलाई केन्द्रित गरी सौराहाका रेष्टुरेण्ट व्यवसायीहरुले फुड फेष्टिवल आयोजना गरेका छन् । रेष्टुरेष्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाले फागुन १ गतेदेखि तीन दिनसम्म ‘भ्यालेन्टाइन डे’ विशेष फुड फेष्टिबल आयोजना गरेको हो ।
एक अर्कालाई प्रेम गर्ने र विवाहित जोडीले पनि पछिल्लो समय ‘भ्यालेन्टाइन डे’ मनाउने गर्दछन् । विशेष गरी फागुन २ गते मनाइने ‘भ्यालेन्टाइन डे’मा युवायुवतीले रूचाउने गतिविधि तथा चर्चित कलाकारहरुको प्रस्तुति रहने व्यवसायीले जनाएका छन् ।
‘भ्यालेन्टाइन डे’ मनाउनेहरुलाई सौराहा आएर रमाउने वातावरण बनाउने तयारी गरिरहेका छाँै’ आयोजक संस्था रेवानका अध्यक्ष सीताराम कुमालले भन्नुभयो, ‘त्यसको तयारीलाई हामीले तीव्र पारेका छौँै । फुड फेष्टिबलको तयारीको बारेमा जानकारी दिन बुधबार सौराहामा आयोजित पत्रकार सम्मेलनमा व्यवसायीहरुले यस वर्षको फुड फेष्टिबल ‘भ्यालेन्टाइन डे’ विशेष हुने जानकारी दिएका छन् ।
फुडफेष्टिबल आउन १५ दिनमात्र बाँकी रहँदा व्यवसायीहरुले तयारीलाई तीव्र पारेका छन् । फुड फेष्टिबलमा स्थानीय तथा विदेशी गरी विभिन्न खानाका परिकारका साथै प्रतियोगितात्मक कार्यक्रमहरु समावेश गरिएको रेवानका अध्यक्ष कुमालले जानकारी दिनुभयो । तीन दिनसम्म चल्ने फुडफेष्टिबलको अवधिमा चिचर खाने, वेटर रेस, डोरी तान्ने, पर्यटक रेस, स्लो साइकल, बच्चाहरुबीच बेलुन फुटाउने, महिलाबीच म्यूजिकल चियर तथा फेन्टा पिउने प्रतियोगिता तथा हस्तकला प्रदर्शनी समावेश गरिएको फुड फेष्टिबलका संयोजक गोकर्ण गिरीले जानकारी दिनुभयो ।
फुड फेष्टिबलको सांस्कृतिक कार्यक्रमअन्तर्गत चर्चित कलाकार पुरूषोत्तम न्यौपाने, पशुपति शर्मा, पूर्णकला विसी, कुलेन्द्र विक, खुमन अधिकारी, जमुना राना, अमृता लुङगेली, उमा गिरी, प्रमोद खरेल, कमल खत्री, रमेशराज भट्टराई तथा हास्यकलाकारहरु जितु नेपाल (मुद्रे), नक्कली माग्ने बुढा र धुुर्मुसको प्रस्तुती रहने आयोजकले जानएको छ ।
फुड फेष्टिबलमा आन्तरिक तथा बाह्य गरी ३० हजार पर्यटकले अवलोकन गर्ने र २ करोडको कारोबार हुने रेवानका सचिव नवीन नेपालले जानकारी दिनुभयो । फुड फेष्टिबलबाट भएको आन्दानीको केहि हिस्सा सामाजिक विकासमा लागाउने उहाँले जानकारी दिनुभयो ।
भएको आम्दानीको रमकबाट सौराहालाई उज्यालो बनाउन सोलार जडित बत्ती बिजुलीको पोलमा राख्ने योजना रहेको रेवानका अध्यक्ष कुमालले जानकारी दिनुभयो । अध्यक्ष सीताराम कुमालको अध्यक्षतामा भएको कार्यक्रममा रेवानका निर्वतमान अध्यक्ष सुवासचन्द्र गौतम, बछौली गाविसका सचिव तेजेन्द्रनाथ लामिछाने, रेवानका पूर्वअध्यक्ष पुरूषोत्तम श्रेष्ठ, रेवानका सदस्य राजेन्द्रप्रसाद खरेललगायतले फुडफेष्टिबलको बारेमा जानकारी गराउनुभएको थियो ।
Discussion about this post