भरतपुर । २५ वर्ष पहिले भनपा ८ गौरीगञ्जमा स्थापना भएको गौरीगञ्ज दुग्ध उत्पादक सहकारी लिमिटेडले विविध कार्यक्रम गरी सप्ताहव्यापी रूपमा आफ्नो रजतजयन्ती मनाउने भएको छ ।
बुधबार पत्रकार सम्मलेन गरी सहकारीले शोभायात्रासहितका अन्तत्र्रिmयात्मक कार्यक्रम, खेलकुदकार्यक्रम गरिने जनाएको छ । सुरूवात्मा १८ लिटर दूध संकलन गरेको दुग्ध उत्पादक सहकारीले हाल दैनिक २ हजार लिटर दूध संकलन गर्दै आएको छ ।
सहकारीका व्यवस्थापक ऋिषिराम शर्मा भण्डारीले सहकारीले कृषकको दूध बिक्रीको सवाल, दाना, चोकर, मिल्क होलिडेजस्ता सवालहरुमा आवाज उठाउँदै कृषकको हितमा लागेको बताउनुभयो । उहाँले सहकारीले ५४ सालदेखि यता पशुआहार दाना, चोकर ढुटोको कारोबारसमेत सञ्चालन गरिरहेको बताउनुभयो ।
रजत जयन्ती मनाउन करिब ४ लाख खर्च लाग्ने जनाइएको छ । गौरीगञ्ज दुग्ध उत्पादक सहकारीमा ३२८ सेयर सदस्यसहित ६४० जना कृषकहरु आवद्ध छन् । कृषकहरुले दूधको उचित मूल्य नपाएको भन्दै गुनासोसमेत गरेका छन् । उनीहरुले सरकाले राष्ट्रिय दूध नीति ल्याएर कृषकहरुको समस्या समाधान गर्नुपर्ने बताए । कार्यक्रम संस्थाका अध्यक्ष होमनाथ बास्तोलाको अध्यक्षतामा भएको हो ।
Discussion about this post