• गृह पृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
22 02 19, Friday
30 °c
Narayani
27 ° Wed
28 ° Thu
25 ° Fri
25 ° Sat
Chitwan Post
No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व
No Result
View All Result
Chitwan Post
No Result
View All Result
गृह पृष्ठ कला

प्रचारप्रसारको धूपमा ‘समर लभ’ टोली

चितवन पोष्ट
January 16, 2019
कला, समाचार
विद्युतीय चुल्हो किन्न ऊर्जाविद्को सुझाव

?

10
SHARES
79
VIEWS
Share on FacebookShare on Twitter

भरतपुर । माघ २५ बाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘समर लभ’को टोलीले प्रचारप्रसारलाई व्यापक बनाएको छ ।

प्रचारप्रसारकै क्रममा चितवन महोत्सव स्थल पुगेर चलचित्र हेर्न हलसम्म आइदिन आग्रह गरेपछि भरतपुरमा पत्रकार सम्मेलन गरेर चलचित्रबारे जानकारी गराइयो ।

युवापुस्तामाझ निकै लोकप्रिय बनेको नेपाली उपन्यास ‘समर लभ’मा आधारित चलचित्र भएकोले चलचित्रले व्यावसायिक सफलता प्राप्त गर्ने चलचित्र युनिटले दाबी गरेको छ । यही चलचित्रमार्फत आशिष पिया चलचित्रको पर्दामा पहिलोपटक देखिँदैछन् ।

सम्बन्धितसमाचार

पद्मोदय पुरूष भलिबल प्रतियोगिता हुने

देवघाटमा सिद्धार्थ बैंकको सेवा

पार्वतीपुरमा पाँचतले आयमूलक भवन बन्ने

चितवनवासी पियाले नायकका रुपमा मुख्य भूमिकामा अभिनय गरेकाले पनि देशभरमा सबैभन्दा ठूलो आशा चितवनबाटै गरिएको निर्देशक मुस्कान ढकालले बताए ।

स्वर्गीय शिव रेग्मीकै कारण चलचित्र निर्देशक बनेको सुनाउँदै उनले भने, ‘चितवन निवासी शिव रेग्मीकै मार्गदर्शनले यहाँसम्म आइपुगेको छु, अहिले फेरि चितवनकै छोरालाई चलचित्रमा देखाउने प्रयास गरेको छु, त्यसैले पनि चितवनबाट अल्लि बढी नै आशावादी छौँ ।’

सुविन भट्टराईद्वारा लेखिएको उपन्यासकै कथा भए पनि चलचित्र निर्माण सम्पन्न गर्न तीन वर्ष लागेको उनको भनाइ छ । ‘उपन्यासलाई चलचित्रमा उतार्नुपर्ने भएकोले हामीलाई बढी नै चुनौती थियो’, निर्देशक ढकालले भने, ‘त्यसैले पनि उपन्यासमा भएका पात्रलाई न्याय गर्न सक्ने कलाकारको आवश्यकता थियो ।’

पात्र सुहाउँदो कलाकार खोज्नै समय लागेको उनले बताए । नायकको टुंगो लागेको १६ महिनापछि मात्रै नायिकाको टुंगो लागेकोले पनि चलचित्र निर्माणमा ढिलाइ भएको उनले प्रस्ट पारे । निर्देशक ढकालले यसअघि ‘नाइँ नभन्नू ल–३’ निर्देशन गरेका थिए ।
चलचित्रका नायक आशिष पियाले तीन वर्षदेखि एउटै चलचित्रका लागि संघर्ष गरेकाले पनि चलचित्र राम्रो बनेको दाबी गरे । पहिलो चलचित्रबाटै आफू उचाइमा पुग्नेमा ढुक्क रहेको भन्दै आशा व्यक्त गरे ।

नायिका रेवती क्षेत्री नेपाली मूलकी भारतीय नागरिक हुन् । यसअघि केही हिन्दी सिनेमाहरुमा काम गरिसकेकी उनले पनि पहिलोपटक नेपाली फिल्मी पर्दामा काम गर्दा निकै रमाइलो लागेको प्रतिक्रिया दिइन् । चलचित्रमा काम गर्ने प्रस्ताव आइसकेपछि पात्रअनुसारको न्याय दिलाउन सक्दो प्रयास गरिएको उनको भनाइ छ । चलचित्रमा नायक पियाले अतीतको भूमिका निभाएका छन् भने नायिका क्षेत्रीले सायाको भूमिका निभाएकी छिन् ।

चलचित्रकर्मी प्रसाद श्रेष्ठले भने चलचित्र सफल बनाउनका लागि बजारीकरणको मह¤वपूर्ण भूमिका हुने बताए । आफूले ‘कान्छी’ चलचित्र बनाउँदादेखि केही समयअघिको आफ्नै लगानीमा बनेको चलचित्र ‘साली कस्को भेनाको’ सम्म आइपुग्दा धेरै अन्तर पाएको भन्दै उनले भने, ‘ऊ बेलामा वर्षदिनमा एउटा दुईवटा फिल्म बन्थ्यो र जबर्जस्ती धेरै दिन चलाउनुपथ्र्यो, तर अहिले त्यस्तो छैन ।

अहिलेको प्रविधियुक्त जमानामा हप्तादिनसम्म मात्रै हलमा चल्न सक्यो भने पनि त्यो फिल्मले लगानी उठाउँछ, तर त्यसका लागि मार्केटिङ पोलिसी चाहिन्छ ।’ त्यसैले, चलचित्र बनाउनका लागि लगानी गरेरमात्रै नहुने उनको बुझाइ छ ।

निर्माण घोषणा भएकै दिनदेखि विभिन्न खालका चुनौतीको सामना गर्दै आएको यो चलचित्रमा सरोज खनाल, शिशिर भण्डारी, ओम प्रतीक, मानसविक्रम थापालगायतका कलाकारहरुले समेत अभिनय गरेका छन् । युवा लेखक भट्टराईको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका छन् ।

सुविन र सामीप्यको संवाद रहेको चलचित्रलाई सञ्जय लामाले दृश्य कैद गरेका हुन् भने खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेका हुन् । विनोद अधिकारी यस चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्र ‘समर लभ’ युनिटलाई चितवनमा भव्य स्वागत गरिएको थियोे ।

ताजा समाचार

२०७५ फागुन १० गते शुक्रबार

February 22, 2019
मानव तस्करीको सञ्जाल तोड

मानव तस्करीको डरलाग्दो रुप

February 22, 2019
सरकारका एक वर्ष : दुर्बलता र सबलता

सरकारका एक वर्ष : दुर्बलता र सबलता

February 22, 2019
विचार समाजवाद र समृद्धिको मुद्दा

विचार समाजवाद र समृद्धिको मुद्दा

February 22, 2019
द फेमस महेन्द्र दल गण फाइनलमा

पद्मोदय पुरूष भलिबल प्रतियोगिता हुने

February 22, 2019

धेरै चोटी पढिएको

  • नारायणी नदीको बाढीसँगै कटान बढेपछि सतर्क रहन आह्वान्

    नारायणी नदीको बाढीसँगै कटान बढेपछि सतर्क रहन आह्वान्

    2951 shares
    Share 2951 Tweet 0
  • राप्तीमा महिलाको रहस्यमय हत्या

    2575 shares
    Share 2575 Tweet 0
  • गाई मारेको आरोपमा तीन पक्राउ

    4 shares
    Share 4 Tweet 0
  • स्थानीय तहमा भ्रष्टाचार न्यूनीकरण र सुशासन

    8 shares
    Share 8 Tweet 0
  • वडाध्यक्षको लगानीमा सडक मर्मत

    1486 shares
    Share 1486 Tweet 0

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स: ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com
  • इपेपर
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०१८ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व

© २०१८ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक