ADVERTISEMENT
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

माडीमा इलाका प्रशासन राख्न माग

by चितवन पोष्ट
२०७० माघ १५, बुधबार ०४:१७ गते
in समाज
0
0
SHARES
Share on FacebookShare on Twitter

धेरैको निकुञ्ज प्रशासनप्रति गुनासो  
माडी । प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मासहित अधिकांश कार्यालय प्रमुखहरु मंगलबार दिनभर माडीमा बसे । चितवन क्षेत्र ५ अन्तर्गत पर्ने माडीका चार गाविस र जगतपुर तथा शुक्रनगर गाविसका सेवाग्राहीहरुका समस्या सुने ।
प्रमुख जिल्ला अधिकारी शर्मा संयोजक रहेको भ्रष्टाचारविरूद्धको स्थानीय समितिको समन्वयमा चितवन जिल्ला विकास समितिले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा धेरैका गुनासो निकुञ्ज प्रशासनप्रति नै रह्यो ।
‘घरबाट सदरमुकाम जान आउन प¥यो । निकुञ्ज छिर्ने बेलामा सेनाको पोष्टमा टिकट काट्नपर्छ । एउटा देशको मान्छे अर्को देश छिर्न लागेजस्तो नाम ठेगाना लेखाउनुपर्छ’ माडी गर्दी गाविस वडा ७ का देवेन्द्र पौडेलले भने । माडी जान आउन निकुञ्ज छिर्ने बेलामा मोटरसाइकललगायतका सवारी साधनको विवरण र शुल्क बुझाउनुपर्ने प्रावधान छ ।
‘छोराछोरी भरतपुर बसेर पढ्छन् । पढ्ने टेबल र बस्ने पुराना मेचसमेत लैजान पाइँदैन’ पौडेलको थप भनाइ थियो । राति १० बजे पछाडि र बिहान ६ बजे अगाडि निकुञ्ज छिर्न पाइँदैन । यो समयमा पाँच १० मिनेट तलमाथि भए पनि निकुञ्ज छिर्न नदिने परिपाटीले हैरानी भएको उनले बताए ।
कुखुराजस्तो संवेदनशील पंक्षी बोकेर जाने गाडीसमेत तोकिएको समयभन्दा दुई चार मिनेट ढिलो भए छिर्न रोकेको उनको भनाइ थियो । माडीमा पर्यटनको विकास हुन सक्ने सम्भावना पनि निकुञ्जका कारण पछाडि धकेलिएको नेकपा (एमाले)का नेता श्याम विष्टको भनाइ थियो ।
निकुञ्ज घुमेर जगतपुर या मेघौली, भरतपुर र सौराहामा बास बस्न गए एक दिनको प्रवेश शुल्क तिरे पुग्नेमा माडी बस्दा दुई दिनको प्रवेश शुल्क तिर्नुपर्ने बाध्यता रहेको विष्टले बताए । यस्तो भएका कारण पर्यटन र होटल व्यवसाय फष्टाउन नसक्ने उनले बताए ।
निकुञ्जका जनावरबाट पीडा बेहोर्ने माडीवासी भए पनि त्यसबाट हुने फाइदा उपभोग गर्ने अरू रहेको माडीवासीको कथन थियो । ‘हात्ती आउँछ यहीँ कै मान्छे मार्छ । बाघले यहीँ दुःख दिन्छ । अन्यत्र चोरी सिकारीले दुर्लभ जनावर मारेर तस्करी गरेका छन् । माडीमा चोरी तस्करी पनि हुँदैन, तर अन्यत्र पर्यटन विकासका लागि ‘होमस्टे’ बनाइन्छ, हामीलाई केही छैन’ एक माडीवासीको गुनासो थियो ।
गर्दी वडा नं. ९ का यमकान्त भुषालले जनवारले जस्तै बाढीले पनि माडीलाई पीडा दिने गरेको बताए । शुक्रनगर गाविसका प्रजापति सापकोटाले एक जना गाविस सचिवले अरू गाविस पनि हेर्नुपर्ने बाध्यताका कारण स्थानीयले दुुःख पाएको बताए । ‘घरको १० वटा काम छाडेर गाविस कार्यालय आयो । गाविसमा सचिव भेटिदंैनन् न घरको काम गर्न पाइयो न गाविसको काम पूरा हुन्छ’ सापकोटाले पीडा पोखे ।
माडी कल्याणपुर गाविसको बसन्तपुर गाविसमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तर वृद्धि गरेर दुर्घटनाका कारण मृत्यु हुने व्यक्तिको पोष्टमार्टम सुविधा पनि सोही केन्द्रमा उपलब्ध गराउन स्थानीयले माग गरे । सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केहरसिंह गोदारले स्वास्थ्य केन्द्रलाई सकारले १५ बेडको अस्पताल बनाउने निर्णय गरेको जानकारी दिए ।
त्यस्तै, अयोध्यापुरी गाविसका पूर्वअध्यक्ष नारदमणि पौडेलले माडीमा पहिला रहेको इलाका प्रशासन कार्यालय फेरि स्थापना गर्न माग गरे । उनले भने ‘माओवादीको सशस्त्र संघर्षका बेला यहाँबाट गएको इलाका प्रशासन कार्यालय फेरि स्थापना गर्न प¥यो । त्यसो भएमा नागरिकताजस्ता कामका लागि भरतपुर नै धाउनु पर्ने थिएन । इलाका प्रशासन कार्यालय यहाँ ल्याउने तर्फ चाँडो लाग्नुहोस् ।’
चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले स्थानीयको समस्या र गुनासा सम्बोधन गर्ने बचन दिए । स्थानीय विकास अधिकारी तिलक पौडेलले चितवनका पाँचै निर्वाचन क्षेत्रमा यस प्रकारको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै जाने योजना रहेको जानकारी दिए ।

Related Posts

अझै तीन दिन मौसम बदली हुने

अझै तीन दिन मौसम बदली हुने

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

पिसिआरमा बढी रकम असुलेको आरोप : चितवनका दुई अस्पताल कारबाहीमा

बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

Discussion about this post

अन‌ि यो पनि

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम
अर्थ

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम

भरतपुर । भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा समावेश बहुप्रतीक्षित आयोजना सिटी हल निर्माणको कार्य धमाधम हुन थालेको छ । उपयुक्त स्थानको...

Read more
अझै तीन दिन मौसम बदली हुने

अझै तीन दिन मौसम बदली हुने

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

पिसिआरमा बढी रकम असुलेको आरोप : चितवनका दुई अस्पताल कारबाहीमा

बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

कावासोतीको चक्रपथ सुस्त गतिमा

कावासोतीको चक्रपथ सुस्त गतिमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In