गुप्ताले सार्वजनिक गरे रक्सी पार्टीको गोप्य फोटो

अन‌ि यो पनि

नारायणगढ । डा. बाबुराम भट्टराई नेतृत्वमा सरकार गठनका लागि एमाओवादी र मधेसी दलहरुबीच सहमति हुँदा जाँड पार्टी चलेको खुलासा भएको छ । तत्कालीन फोरम गणतान्त्रिकका अध्यक्षसमेत रहेको जयप्रकाश गुप्ताले उक्त जाँडपार्टीको खुलासा गर्दै फोटोसमेत सार्वजनिक गरेका छन् ।
स्वयम् गुप्ता सहभागी भएको उक्त जाँड पार्टीबाट आफूलाई समाप्त पार्ने काल जन्मिएको प्रतिक्रिया दिँदै गुप्ताले आफ्नो फेसबुक पेजमा अरु कोहीसँग नभएको फोटो सबैका लागि सार्वजनिक भयो भन्दै पोष्ट गरेका छन् ।
उनले फोटोसँगै स्टाटस लेखेका छन्, ‘डा. बाबुराम भट्टराई नेतृत्वमा मधेसी–माओवादीको संयुक्त सरकार गठनसम्बन्धी सहमति हुँदाको बखतको तस्बिर, सहमति अनि चियर्स ।’ फेसबुकमा नै उनी गहिरो जान्नेहरु भन्छन भन्दै यही घटनापछि मलाई समाप्त पार्ने काल जन्मियो ।
गुप्ता एमाओवादी नेता भट्टराई नेतृत्वमा सरकार गठन गर्नुपूर्व एमाओेवादी र मधेसी दलहरुबीच चार बुँदे सहमति भएको थियो । उक्त सहमतिपछि बनेको सरकारमा सञ्चारमन्त्री समेत भएको गुप्तालाई मन्त्री रहेकै बेला सर्वोच्च अदालतले भ्र्रष्टाचारी ठहर गरी जेल चलान गरेको थियो । उनी अहिले तराई मधेस राष्ट्रिय अभियानका संयोजक छन् । एमाओवादी मधेसी गठबन्धन बनाउन गुप्ताको नै मुख्य भुमिका रहेको मानिन्छ ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया