फोहोरबाट मोहोर !

अन‌ि यो पनि

हेटौँडा । हेटौँडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा एक महिलाले फोहोरबाट मोहोर कमाउनेसम्बन्धी कक्ष राख्नुभएको छ ।
हेटौँडा–८ कमानेकी जानुका राईले फोहोरबाट विभिन्न किसिमका सामान बनाई व्यापार गर्न र अन्यलाई सिकाउन हेटौँडा नगरपालिकाको सहयोगमा त्यस्तो कक्ष राख्नुभएको हो । फोहोरबाट बनाएका सामग्रीको व्यापारका साथै फोहोरबाट मोहोर कमाउने तरिका अरूलाई सिकाउन मेलामा उहाँलाई यस्तो कक्ष राखिदिएको हेटौँडा नगरपालिकाले जनाएको छ ।
विसं २०६० सम्म ज्यामी काम गर्दै आउनुभएकी जमुनाले २०६० सालबाट गड्यौँले मल बनाउने, ब्रिकेट बनाउने, अण्डाको बोक्राबाट मल बनाउनेलगायतको कार्यबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
जानुकाले मेलामा दैनिका रु पाँच हजारसम्मको मल र अण्डाको बोक्राबाट बनाएको पाउडरको व्यापार भइरहेको बताउनुभयो । उहाँका अनुसार गड्यौँला पाल्न सिकेकाले गड्यौँलाको अर्डर पनि दिइरहेका छन् ।
वनमा खेर गइरहेको वनमाराबाट ब्रिकेट बनाइरहेको बताउँदै जानुका भन्नुहुन्छ, “जङ्गलबाट श्रीमान्ले वनमारा ल्याइदिनुहुन्छ म घरमा बसेर त्यसबाट ब्रिकेट बनाउँछु, बेकरीमा खेर गएको अण्डाको बोक्रा सुकाएर पाउडर बनाउँछु, यो पाउडरले बोट बिरुवालाई क्याल्सियम, फस्फोरस र नाइट्रोजन दिन्छ, यस्तै कामबाट महिनाको रु ३० हजारजति जोगाउँछु ।”
फोहोरबाट बन्ने मल र पाउडरका लागि बजारको समेत अभाव नभएको जानुकाको भनाइ छ । रासस

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया