ADVERTISEMENT
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चेपाङबस्तीमा शिविर चलाऊ

by चितवन पोष्ट
२०७० माघ १४, मंगलवार ०३:२८ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

चितवनको विकट पहाडी गाविस लोथर गाविसमा बसोबास गर्ने चेपाङ बालबालिका उपचार अभावमा ज्यान गुमाउन विवश भएका छन् । लोथरलगायत गाउँमा बिरामीले सहज रुपमा स्वास्थ्य सेवा उपभोग गर्न पाएका छैनन् । अधिकांश चेपाङ समुदाय स्वास्थ्यचौकीको सेवाबाट विमुख छन् । बिरामीलाई रोगले च्यापेपछि मात्र घन्टौँ टाढाको स्वास्थ्यचौकी पु¥याउँदा स्वास्थ्यकर्मी नै नभेटिने अर्को समस्या छ । अधिकांश स्वास्थ्यचौकी पियनका भरमा चल्दै आएको पाइएको छ । सामान्य अवस्थाका बिरामीले समयमै उपचार नपाउँदा मृत्यु वरण गर्नुपर्ने अवस्था छ । विकट गाउँहरुमा यस्ता दयनीय अवस्था सिर्जना हुँदा राज्य भने मौन छ । चेपाङ समुदायको पीडा दिनहुँ बढिरहँदा पनि जनस्वास्थ्य कार्यालयको ध्यान आकृष्ट नहुनु चिन्ताको विषय हो ।
लोथर गाविसका ७ र ८ वडामा मात्रै विगत तीन महिनायता पाँच चेपाङ बालबालिकाको निमोनियाका कारण मृत्यु भएको खबर सार्वजनिक भएको छ । स्थानीयले चेतना अभावमा लहरे खोकीले बालबालिकाको मृत्यु भएको बताउँदै आएका छन् । सबै लक्षण हेर्दा निमोनियासँग मिल्ने र श्वासप्रश्वासमा समस्या भएर मृत्यु भएको चिकित्सकले जनाएका छन् । चेपाङ समुदायमा अझै पनि धामीझाँक्रीको अन्धविश्वास विद्यमान छ । निमोनियाका बिरामीलाई स्वास्थ्यचौकीमा नपु¥याउँदा बालबालिकाको अनाहकमा ज्यान गएको हो । लोथरमा निमोनिया संक्रमित बिरामी अझै थला परिरहेका छन् । उनीहरुमा एकोहोरो खोकी लाग्ने, आँखा राता हुने, घाँटी दुख्नेजस्ता लक्षण देखिएका छन् । चेपाङबस्तीमा बालबालिकाले न्यानो लुगा लगाउन पाएका छैनन् । अनिकालले गर्दा पेटभर खान पाएका छैनन् । गरिबीको युद्धमा होमिएरै बाँच्दै आएका चेपाङ समुदाय बिरामी बालबालिका मर्न थालेपछि त्रसित बनेका छन् ।
आर्थिक अभावका कारण उपचार गर्न नसकेरै अधिकांशको ज्यान जाने गरेको छ । त्यसमा पनि चिसो मौसममा न्यानो लुगा र खानपिन अभावले गर्दा उनीहरुको स्वास्थ्य गम्भीर बन्दै गएको छ । बिरामी हुँदा स्वास्थ्यचौकीमा उपचार गराउन चाहे पनि स्वास्थ्यकर्मी नभेटिँदा उनीहरु झनै पीडित बन्ने गरेका छन् । सामान्य रूघाखोकी, झाडापखाला र ज्वरोको समेत समयमै औषधि उपचार नगर्दा उनीहरुको स्वास्थ्य गम्भीर बन्दै जाने गरेको छ । कतिपय गर्भवती महिला समयमै स्वास्थ्यचौकीमा पुग्न नसक्दा अकालमै मरिरहेका छन् । चेपाङ समुदायमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन सरकार असफल भइरहेको छ । चेतनाको अभाव, धामीझाँक्रीप्रति अन्धविश्वास र स्वास्थ्य सेवाको पहुँच नहुँदा चेपाङ समुदाय मर्कामा परेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले चेपाङ समुदायको स्वास्थ्य समस्या मनन् गरी यथाशीघ्र समाधानमा जुट्नुपर्छ । विभिन्न सामाजिक तथा गैरसरकारी संस्थाहरुले चेपाङबस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरी उनीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्नु जरूरी देखिएको छ ।

Related Posts

नियमित योग गर्न सरोकारवालाको जोड

योग गरौँ, स्वस्थ रहौँ

Chitwan Post

परराष्ट्रमन्त्रीको भारत भ्रमण 

Chitwan Post

वन्यजन्तुमैत्री संरचनाको खाँचो

Discussion about this post

अन‌ि यो पनि

बालसमयका विविध अनुभूति (ती दिनहरु)
साहित्य

बालसमयका विविध अनुभूति (ती दिनहरु)

हाम्रो गाउँको उत्तरतर्फ नारायणी नदीको किनारछेवैमा सिमरा नामको रमाइलो गाउँ थियो । त्यहाँ लगभग नै थारु सम्प्रदायको बसोबास थियो ।...

Read more
मानवजीवनमा साहित्य (निबन्ध)

मानवजीवनमा साहित्य (निबन्ध)

Chitwan Post

नारायणगढ लेडिज जेसीजद्वारा न्यानो कपडा वितरण

Chitwan Post

प्रेसिडेन्सीमा उद्यमशीलता कार्यशाला

Chitwan Post

देवचुलीमा चालू आर्थिक वर्षमा ३९ मुद्दा दर्ता

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In