ADVERTISEMENT
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

यस्तो पो प्रेम !ः खुट्टा नचल्ने अपाङ्गसँग राधादेवीको विहे

by चितवन पोष्ट
२०७० माघ १४, मंगलवार ०३:२४ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

इटहरी । आजको युगमा अमर प्रेमको उदाहरण कथा, उपन्यास र सिनेमामा मात्र पाइन्छ भन्ने धारणा कतिपय मानिसहरूमा पाइन्छ । तर यस्तो धारणालाई गलत सावित गर्न सक्षम अमर प्रेमी–प्रेमिका अझै पनि हाम्रै समाजमा यदाकदा पाइन्छन् ।  भनिन्छ प्रेम अन्धो हुन्छ, तर यो भनाई सबैमा लागु हुँदैन । त्यस्ता भाग्यमानीहरू निकै कम हुन्छन्, जो आफ्नो प्रेम प्राप्त गर्न जस्तोसुकै बाधा अवरोध पन्छाउन सक्षम हुन्छन् ।
अपाङ्गता भएका व्यक्तिलार्ई हेय दृष्टिले हेर्ने हाम्रो जस्तो समाजमा पनि  सबै सुख सुविधा त्यागेर अपाङ्गता भएको व्यक्तिलाई नै जीवन साथी रोज्न सक्नु कम ठूलो साहस होइन । इटहरी नगरपालिका जनसेवा टोल वडा नं ७ बस्ने उजुरु सरदारको जीवनमा यस्तै घटना भयो । सरदार २०६१ सालमा एसलसीको परीक्षा दिएर क्याम्पस पढ्नका लागि केही रकमको जोहो गर्ने उद्देश्य सहित घर नजिकै इटहरी बजारमा घर बनाउने काममा मजदुरी गर्न थाल्नुभयो ।
मजदुरी गर्ने क्रममै एक दिन दुई तला माथिबाट खसेर उहाँका दुवै खुट्टा भाँचिए । डाक्टरले मेरुदण्डको नशा ‘फ्याक्चर’ भएको भन्दै शल्यक्रिया गर्नुपर्ने बताएका थिए । शल्यक्रियाका लागि त्यसबेला ६० हजार रुपैया लाग्ने अस्पतालले बताएपछि गरीब दलित परिवारका सरदारले शल्यक्रियाका लािग आवश्यक रकम जुटाउन सकेनन् र उपचार गर्न पाएनन् ।
मद्दतका लागि घर बनाउने ठेकेदार र घरधनी विश्व धिमाललाई पनि उहाँले उपचारमा सहयोग गर्न अनुरोध गर्दा पनि नमानेपछि प्रहरीमा उजुरी हालेको तर प्रहरीले घटना भएको २४ घण्टा नाघेको भन्दै कुनै कारवाही गर्न नसक्ने भन्दै पन्छिएको हुँदा त्यताबाट पनि उहाँले कुनै सहयोग पाउन सक्नुभएन ।
यसरी अपाङ्ग जीवन विताइरहदा पनि उहाँले आफ्नो जीवन साथीको सहयोग पाएर खुसी पूर्वक नै जीवन विताइरहनु भएको छ । उहिले स्कुल पढ्दै गर्दा सरदारसँग पिरतीको डोरीमा बाँधिनुभएकी राधादेवी नै अहिले उहाँको एकमात्र सहारा हुनुहुन्छ ।
भरखर बैंशको कोपिला लाग्दा दुवैै सँगै जिउने सँगै मर्ने कसम खाँदै आफ्नो पिरतीको गोरेटोमा अघि बढदै थिए, तर त्यो यात्रा सुरु गरेको केही महिनामै दुर्भाग्यवश् सरदार त्यो  दुर्घटनामा परी घाईते हुनुभयो र उहाँका दुवै खुट्टा नचल्ने अवस्थामा पुगे ।
उहाँकी पे्रमिका राधादेवीले उनै सरदारसँग बिहे गर्ने प्रस्ताव घरमा राख्नुभयो तर उहाँको घरका परिवारले खुट्टा नचल्ने अपाङ्ग सरदारलाई छोरी दिन मान्ने कुरै थिएन । राधादेवी भन्नुहुन्छ– “ उहाँ घार्ईते हुने बित्तिकै सोही वर्ष बल्जफ्ती मेरो विवाह अकै ठाउँमा गरिदिए । मलाई विभिन्न यातना दिएर अर्कै सँग बिहे गर्न बाध्य पारियो ।” बिहे पछि पनि उहाँको मनमा सरदार प्रतिको माया घटेको थिएन ।
बिहे बन्धनमा बाँधिएकी राधादेवीले आफ्नो भाग्यलाई दोष दिँदै पतिको घरमा बस्नुभयो तर दुई सन्तानकी आमा भईसकेकी राधादेवी र सरदारका बीचमा एक दिन अचानक भेटघाट र कुराकानी गर्ने अवसर जुट्न गयो ।
आफ्नो  प्रेमीको त्यो अवस्था देखेर चिन्तित भएकी राधादेवीले अन्ततः आफ्नो पतिलाई छोडेर  पे्रमी सरदारसँग नै बाँकी जीवन बिताउने निधो गर्नुभयो । तीन वर्ष अघि आफ्नो पतिलाई छोडेर  प्रेमी सरदारसँग उहाँ विवाह बन्धनमा बाँधिनुभयो ।
राधादेवी भन्नुहुन्छ–“ विहे भएको धेरै पछि उहाँ सँग भेटभयो । त्यसपछिका दिनहरूमा कहिलेकाँही भेटभइरहन्थ्यो । तर जब उहाँको जति उपचार गर्दा पनि खुट्टा निको भएन र उहाँको अवस्था अब सँधै यस्तै हुनेभयो भन्ने थाहा पाएँ तब मैले नै सहारा दिनुपर्छ भनेर उहाँसँगै घरजम गरी जीवन विताउने निधो गरें  । ”
राधादेवी पतिलाई छोडेर उजुरुको घरमा आउनुभयो र स्थानीय समाज मिलेर दुवैको विहे गरिदिए । हाल उहाँहरूको एक वर्षको एउटा छोरो पनि छ । सरदार भन्नुहुन्छ–“ मेरो क्याम्पस पढ्ने रहर त पूरा हुनसकेन, यही छोरोलाई धेरै पढाउन पाय हुन्थ्यो भन्ने सोंचेको छु । ”
दुवै खुट्टा नचल्ने भएकोले सरदार बैशाखीको सहारामा पनि हिँड्न सक्नुहुन्न । केही समय अघि एउटा पुरानो ह्विलचियर सहयोग पाएको तर त्यो ह्विलचियर पनि भाँच्चिए पछि झनै समस्यामा पर्नुभएको छ । उपचारको आस मारिसकेका सरदार कुनै पसल गरी आफ्नो जीवन निर्वाह गर्न पाए हुन्थ्यो भन्ने सोँचमा हुनुहन्छ । तर पसल थाप्नका लागि पनि आवश्यक रकम  दलित तथा गरिव परिवारका उहाँसँग छैन ।
अपाङ्गता माथि विपन्नताको समेत जाँतोमा पिसिएर  भएपनि चोखो मायाको सहाराले दुवैले सन्तोषको जीवन बिताएर समाजका अगाडि अपाङ्गतालाई  मायाले जित्न सकिन्छ भन्ने उदाहरण दिन उजुरु–राधाको जोडी सफल रहेको छ । रासस

Related Posts

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग

आगोले नै निभायो आगो

आगोले नै निभायो आगो

महिला हिंसा अन्त्य गरौँ

महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित

Discussion about this post

अन‌ि यो पनि

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग
समाज

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग

धादिङ । धादिङको धुनिबेँसीमा स्थापना गरिएको जर्मन प्राविधिक शिक्षालयलाई जर्मनीको एक संस्थाले ५० लाख मूल्य बराबरको विभिन्न उपकरणहरु प्रदान गरेको...

Read more
राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

संसद् विघटन मुद्दाको अर्को सुनुवाइ सोमबार हुने

आगोले नै निभायो आगो

आगोले नै निभायो आगो

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

संसद् विघटन अधिकार वर्तमान प्रधानमन्त्रीलाई नभएको जिकिर

चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In