भरतपुर । प्रत्येक वर्ष गरिने मिड विन्टर बर्ड सेन्सेस कार्यक्रम चितवन राष्ट्रिय निकुञ्ज र वरपरका नौ वटा नदी, ताल र फार्मल्याण्डको पानीमा चरा गणना भएको छ । बर्ड एजुकेसन सोसाइटीका अध्यक्ष तथा चरा अनुभवी बासु बिँडारीले चराको संख्या गत वर्षको भन्दा बढेको जानकारी दिनुभयो ।
गणनाको लागि १०८ जना पथप्रदर्शक डुङ्गामा खटिएका थिए । चरा गणना बर्ड एजुकेसन सोसाइटीका पङ्क्षीविद् टीकाराम गिरीको संयोजकत्वमा भएको थियो । जनवरी ११ देखि २६ सम्म चरा गणना भएको थियो ।
Discussion about this post