नारायणगढ । चितवनको पहाडी गाविस कविलासका दुई छुट्टाछुट्टै विद्यालयका विद्यार्थीहरुलाई आइतबार ज्याकेट वितरण गरिएको छ । ताईवानी नागरिक नानाको सहयोगमा कविलासमा रहेको नारायणी विकास समाजले राप्रावि फेवाटार र राप्रावि भोर्लेका विद्यार्थीहरुलाई जाडोमा लगाउने ज्याकेट वितरण गरिएको हो ।
राप्रावि फेवाटारका ४२ जना र राप्रावि भोर्लेका ३२ जना विद्यार्थीलाई ज्याकेट वितरण गरिएको समाजका अध्यक्ष पूर्वक्याप्टेन सूर्यबहादुर गुरूङले जानकारी दिनुभयो । न्यानो कपडाको अभावमा विद्यालय आऊजाऊ गर्न समेत समस्या भएका विपन्न समुदायका विद्यार्थीहरुले ज्याकेट पाएपछि खुसी व्यक्त गरेका थिए ।
कविलास गाविसका सचिव प्रद्युम्नकुमार खड्का प्रमुख अतिथि रहनु भएको ज्याकेट वितरण कार्यक्रममा राप्रावि फेवाटारका प्रधानाध्यापक डोलकुमारी पाण्डे, अकलादेवी सामुदायिक वनका अध्यक्ष प्रेमबहादुर गुरूङ, गामवेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मालगायतले बोल्नु भएको थियो । सो कार्यक्रम राप्रावि फेवाटारका अध्यक्ष मनबहादुर गुरूङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post