ADVERTISEMENT
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

काँग्रेस–एमाले नजिकिँदैः ‘शक्ति बाँडफाँडसहित सहमति हुने आशा’

by चितवन पोष्ट
२०७० माघ १४, मंगलवार ०३:०६ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रपति डा रामवरण यादवले राजनीतिक सहमतिका आधारमा सरकार गठनका लागि आइतबार आह्वान गरेपछि निर्वाचनबाट पहिलो र दोस्रो ठूलो दल बनेका नेपाली काँग्रेस र नेकपा (एमाले)बीच आज छलफल भएको छ ।
दुवै दलका शीर्ष नेताबीच नयाँ बानेश्वरमा भएको छलफलमा शक्ति बाँडफाँटसहित राजनीतिक सहमतिका आधारमा नयाँ सरकार गठनलगायत विषय  केन्द्रित थियो ।  काँग्रेसले संसदको बैठक सुरु भएको पहिलो दिनमै पार्टी सभापति सुशील कोइरालालाई संसदीय दलको नेतामा चयन गरेको  छ ।
संसदको बैठक सुरु भएकै दिन राष्ट्रपतिले पनि संविधानसभाको बैठक र व्यवस्थापिका–संसद्को अधिवेशन सुरु भएकाले माघ १९ गतेसम्ममा राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई आह्वान गर्नुभएको थियो ।
निर्वाचन सम्पन्न भएपछि काँग्रेस र एमालेले सरकार गठनसहित संविधान लेखनका कार्यमा सहकार्य गरेर अघि बढ्ने सहमति गरेका छन् । काँग्रेसले एमालेसँगको छलफलपछि एमाओवादीलगायत दलसँग सरकार गठनको विषयमा छलफल गर्ने बताइएको छ । छलफलपछि काँग्रेसका सभापति कोइरालाले राजनीतिक सहमतिका आधारमा सहमतिको सरकार गठन गर्न एमालेसँग छलफल गरिएको बताउँदै भन्नुभयो,“सहमतिको सरकार गठनका लागि पूरा कोसिस हुन्छ र बन्नुपर्छ ।”
छलफलमा सहभागी काँग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले राजनीतिक सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नुभएको सन्दर्भमा काँग्रेसले पार्टी सभापति एवम् संसदीय दलका नेताको नेतृत्वमा सरकार गठन गर्न दलहरूसँगको वार्ता सुरु  गरेको  बताउनुभयो ।  “नेकपा (एमाले)सँग सरकार गठनका विषयमा छलफल भएको छ, काँग्रेस सभापति एवम् संसदीय दलका नेता सुशील कोइरालाको नेतृत्वमा राजनीतिक सहमतिको सरकार गठन गर्न एमालेले सहयोग गर्ने कुरा भएको छ” केन्द्रीय सदस्य डा रिजालले भन्नुभयो ।
एमालेका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रपतिले आह्वान गरेबमोजिम आफ्नो नेतृत्वमा सरकार गठनका लागि काँग्रेसले प्रस्ताव राखेको बताउँदै त्यसमा एमाले सहयोग गर्न सकारात्मक छ भन्नुभयो । उहाँले काँग्रेसबाट आधिकारिक पत्रको अपेक्षा गरिएको र पत्र आएपछि पार्टीमा छलफल गरिने जानकारी दिनुभयो ।
सो अवसरमा दुवै दलबीच राष्ट्रपतिको नयाँ निर्वाचन गर्ने नगर्नेबारेमा पनि छलफल भएको बताइएको छ । संविधानसभाको नयाँ निर्वाचन भइसकेको सन्दर्भमा एमालेले राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचन हुनुपर्ने भनाइ राख्दै आएको छ । काँग्रेसले भने संविधान जारी नभएसम्मका लागि सो निर्वाचन गर्न नहुने अडान राख्दै आएको छ ।
एमाले उपाध्यक्ष गौतमले संविधानसभाको नयाँ निर्वाचन भएकाले ती पदमा पनि नयाँ निर्वाचन हुनुपर्ने अडान राख्नुभयो । एक प्रसङ्गमा उहाँले भन्नुभयो, “एमाले संसदीय दलको नेता चयन सर्वसम्मत ढङ्गले गरिने छ,  सर्वसम्मत नभएमा म पनि उम्मेदवारी दिन्छु ।”

Related Posts

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

संसद् विघटन मुद्दाको अर्को सुनुवाइ सोमबार हुने

‘प्रधानमन्त्रीबाट संवैधानिक अपराध’

कांग्रेस महाधिवेशन फागुनमा सम्भव छैनः महामन्त्री डा कोइराला

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा कोइराला

Discussion about this post

अन‌ि यो पनि

लागूऔषधले चितवन आक्रान्त : प्रदेश प्रहरी प्रमुख
प्रमुख समाचार

लागूऔषधले चितवन आक्रान्त : प्रदेश प्रहरी प्रमुख

भरतपुर । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले चितवन जिल्ला लागूऔषधले बढी आक्रान्त बनेको बताएका छन् ।...

Read more
जग्गा बेचेर सिद्धि छात्रावास खाद्यान्न अभाव हुँदा सताउँछ : सञ्चालक

जग्गा बेचेर सिद्धि छात्रावास खाद्यान्न अभाव हुँदा सताउँछ : सञ्चालक

चितवनमा बर्ड फ्लुसम्बन्धमा उच्च सतर्कता

चितवनमा बर्ड फ्लुसम्बन्धमा उच्च सतर्कता

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

संसद् विघटन मुद्दाको अर्को सुनुवाइ सोमबार हुने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In