ADVERTISEMENT
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

दलहरु अलमल नगर

by चितवन पोष्ट
२०७० माघ १३, सोमबार ०३:५८ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

संविधानसभाको निर्वाचन सम्पन्न भएको दुई महिना बितिसक्दा पनि दलहरुले संसदीय दलको नेता छान्न सकिरहेका छैनन् । संविधानसभाको सबैभन्दा ठूलो दल कांग्रेसले सहमतिबाट दलको नेता छनोट गर्न नसकेपछि लोकतान्त्रिक विकल्प अवलम्बन गरेको छ । आइतबार चुनावी प्रक्रियाबाट कांग्रेस सभापति सुशील कोइराला नै संसदीय दलको नेता छानिएका छन् । यसले नेताको जित–हारभन्दा पनि लोकतान्त्रिक मान्यता स्थापित गरेको छ । अब कांग्रेसमा आन्तरिक विभाजन होइन, राष्ट्रिय राजनीतिलाई अघि बढाउने जिम्मेवारी छ । कांग्रेसको यो अन्योल समाधानसँगै अन्य दलहरुमा पनि नैतिक दबाब परेको छ । तर, अघिल्लो संविधानसभाको उपलब्धिको स्वामित्व ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धता जनाए पनि प्रायः सबै प्रमुख दलहरुमा आन्तरिक किचलो विद्यमान देखिएको छ । यसले संसद्, संविधानसभा र सरकार गठनमा ढिलाइ भइरहेको छ ।
यता, दोस्रो ठूलो दल एमालेभित्र पनि संसदीय दलको नेतालगायत शक्ति बाँडफाँडमा शीर्ष नेताहरुबीच कुरा नमिल्दा स्थायी समितिको बैठक बस्न सकेको छैन । नेताहरुले आ–आफ्ना व्यस्तता देखाए पनि सबैभन्दा जड कुरा शक्ति बाँडफाँड नै हो । अध्यक्ष झलनाथ खनाल स्वतः दलको नेता हुनुपर्ने एक पक्षको अडान छ भने वरिष्ठ नेता केपी ओली संसदीय दलबाट नेता छान्नुपर्ने प्रावधान अघि सार्दैछन् । यस्तै, वरिष्ठ नेता माधवकुमार नेपालचाहिँ भावी अध्यक्षमा आफूलाई समर्थन गर्नेलाई दलको नेता बनाउने रणनीतिमा छन् । एमालेका नेताहरुको आ–आफ्नै राजनीतिक दाउपेचका कारण विवादले केही समय अलमल गराउने निश्चित छ । यस्तै, एमाओवादीमा पार्टी पराजयको तुस अझै हट्न नसकेपछि विवाद छताछुल्ल पोखिएको छ । एमाओवादीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता बाबुराम भट्टराईलगायत नेताहरुले पार्टीले स्वतन्त्र पहिचान गुमाउँदै विघटनको दिशातिर अघि बढेकोमा चिन्ता व्यक्त गरिरहेका छन् ।
एमाओवादीका नेताहरु अलग पहिचान र स्वतन्त्र धार निर्माण गर्न तथा सांगठनिक संरचना, राजनीतिक कार्यदिशा, सैद्धान्तिक र वैचारिक मुद्दासम्बन्धी आन्तरिक बहसमा जुटिरहेका छन् । पार्टी पुनर्निर्माणमा छलफल नगरी संसदीय दलको नेतालगायतका एजेन्डामा प्रवेश गर्न एमाओवादीलाई असम्भव देखिएको छ । यस्तै, मधेसी दलहरुमा पराजयपछि घैँटोमा घाम लाग्न थालेको छ । उनीहरु पार्टी एकीकरणको तयारीमा जुटेका छन् । दलहरु आ–आफ्नै आन्तरिक अलमलमा रहेपछि संविधानसभा तथा सरकार गठनमा ढिलाइ हुने स्पष्ट संकेत देखिएको छ । यस्ता ढिलासुस्तीले गर्दा चुनावी सफलतापछि जनतामा जागेको उत्साह निराशामा परिणत हुँदै जान थालेको छ । कांग्रेसमा संसदीय दलको नेताको टुंगोसँगै उसले संविधानसभा सफल पार्न एमाले, एमाओवादी र मधेसी दलहरुलाई समेटेर तत्काल राष्ट्रिय सहमतिको सरकार गठनतर्फ लाग्नुपर्ने देखिन्छ । अब अघिल्लो संविधानसभाका उपलब्धिहरुको स्वामित्व ग्रहण गरेर संविधान निर्माणमा अघि बढ्नुभन्दा अर्को कुनै विकल्प छैन ।

Related Posts

Chitwan Post

शिक्षकको ‘अनैतिक’ कुकृत्य

Chitwan Post

आगलागी नियन्त्रण चुनौतीपूर्ण बन्दै

Chitwan Post

वार्ताको पहल स्वागतयोग्य

Discussion about this post

अन‌ि यो पनि

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ
समाज

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ

भरतपुर । शनिबार बेलुकी ८ः४० बजेको समयमा भरतपुर ३ पुल्चोकस्थित ड्युटीमा खटिएका प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ परेका छन्...

Read more
मातृभाषा विकासको साधक : नेपाली भाषा

मातृभाषा विकासको साधक : नेपाली भाषा

धर्म जीवनको खोज हो

आफ्नो हृदयको आवाजलाई कसरी सुन्ने !

धर्म जीवनको खोज हो

साधना नगर्ने बहाना

Chitwan Post

शिक्षकको ‘अनैतिक’ कुकृत्य

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In